१२ बैशाख २०८१, बुधबार

खजुरावासीलाई क्यान्सर अस्पतालको ओपीडी सेवा निशुल्क दिने निर्णय

खजुरावासीलाई क्यान्सर अस्पतालको ओपीडी सेवा निशुल्क दिने निर्णय

सिराज खान
नेपालगञ्ज, फागुन २५ गते । कुनैपनि राम्रो पदमा पुगेपछि पहिलो निर्णय लोकप्रिय र सधैं स्मरणीय हुने खालको गर्ने हरेकको चाहना हुन्छ । तर, धेरै कमले मात्र सही समयमा सही निर्णय गरेर आफुलाई स्थापित गर्न सक्छन् र सो निर्णयबाट धेरैलाई फाइदा पनि दिन सक्छन् ।
सोही प्रकारको निर्णय गर्न सफल हुनुभएको छ, बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्ष पदमा नियुक्त हुनुभएका किशोर थापा । उहाँले पदभार ग्रहण गरे लगत्तै बसेको पहिलो विकास समितिको बैठकबाट खजुरावासीलाई सो अस्पतालमा ओपिडी सेवा निःशुल्क दिने निर्णय गर्नुभएको छ ।
हेर्दा निकै सामान्य जस्तो लाग्ने समितिको पहिलो निर्णयले क्यान्सर अस्पताललाई सबै खजुरावासीको साझा अस्पताल बनाउन सफल भएको छ । खजुरामा बसोबास गर्ने हरेक स्थानीयले आजबाट सो अस्पताललाई आफ्नो अस्पतालका रुपमा ग्रहण गरेका छन् । यो निर्णयले अस्पताल संगको सामिप्यतालाई झनै बढाएको छ ।

खजुरा सहित बाँके, बर्दिया र देशैभरीका नागरिकले मुट्ठी दान गरेर बनाउन शुरु गरेको सो अस्पताल रहेको स्थान खजुराका नागरिकलाई निशुल्क ओपीडी सेवा दिने निर्णय गरेर खजुरावासीलाई उनिहरुको हक र अधिकार प्रदान गरेको अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष थापा बताउनुहुन्छ । उहाँले अस्पताल स्थापनाका लागि खजुराबासीले गरेको आर्थिक, भौतिक र सहभागिताको उच्च सम्मान गर्दै ओपिडी सेवा निःशुल्क गर्ने निर्णय गरेको जनाउनुभयो ।
संत दीनदयाल जी महाराजबाट संकल्प भएको अस्पताल स्थापनाका लागि आयोजना गरिएको महायज्ञमा खजुराबासीहरु सहित बाँके र बर्दिया सहित देशैभरका धार्मिक आस्थावानहरुले ५ करोड बढीको आर्थिक सहयोग गर्नुभएको थियो ।
नवनियुक्त विकास समितिले बुधवार नै पदभार ग्रहण गरेको छ भने सो अस्पताललाई थप सुविधा सम्पन्न बनाई उपचारका लागि भरतपुर र भारत जानुपर्ने बाध्यतालाई पुर्ण रुपमा अन्त्य गर्ने अठोट समेत गरिएको छ । त्यसका लागि सधैं झै सबैसंग सहयोग र सहकार्यको आग्रह पनि समितिले गरेको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *