६ बैशाख २०८१, बिहीबार

गठबन्धन गर्दा माओवादीको अपमान गरिएको नेपालगञ्ज उपमहानगर कमिटिको ठहर

गठबन्धन गर्दा माओवादीको अपमान गरिएको नेपालगञ्ज उपमहानगर कमिटिको ठहर

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख ७ । नेपालगञ्ज उपमहानगर माओवादी केन्द्रले मेयर र उपमेयर मध्य कुनै पनि पद नपाएपछि प्रेस विज्ञप्ति मार्फत आफ्नो असन्तुष्टि व्यक्त गर्दै पार्टीकै अपमान गरिएको निष्कर्श निकालेर सो निर्णय सच्चाउन माग गरेको छ ।
गठबन्धनले नेपालगन्जका माओवादी माथी अन्याय गरेको नेपालगन्ज उपमहानगर अध्यक्ष रतन बहादुर शाही र सचिब प्रेम शाहद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । सो विज्ञप्तिमा भनिएको छ, यतिबेला सिङ्गो देश निर्वाचनमा केन्द्रित भइरहेको छ । हाम्रो पार्टी लगायत ५ दलिय गठबन्धन गरि निर्वाचनमा होमिने कुराको स्वागत गर्दछौँ । तर गठबन्धनको नाममा पश्चिम नेपालको केन्द्रको रुपमा रहेको नेपालगन्ज उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको २०७४ सालको स्थानीय तहको निर्वाचनमा ४ वटा वडा अध्यक्ष सहित सम्मानजनक तेस्रो स्थानमा रहेको र पछिल्लो पटक हाम्रो पार्टी संगठन बलियो हुँदै गएको र गठबन्धन दलहरुबीच प्रतिस्पर्धा हुने हुदा केन्द्रिय गठबन्धन कार्यदलले गरेको निर्णय हाम्रो लागि अव्यावहारिक र अपमानजनक भएकोले मैत्रीपुर्ण एकल प्रतिस्पर्धा गर्ने वातावरणको सृजना गरियोस् ।
बिज्ञप्ति जारी गर्दै अध्यक्ष लगायत नेपालगन्ज उपमहानगर इन्चार्ज नवीन शर्माले नेपालगन्ज पार्टीको अपमान भएको ठहर गर्नु भएको छ । केन्द्रिय गठबन्धनको निर्णय बाहिरिने बित्तिकै नेपालगन्ज उपमहानगरपालिकाको माओवादी पार्टी कार्यालय सेतु बिक चोकमा भिड लागेको थियो । नेता कार्यकर्ताहरुको घुइँचोले आ आफ्नो विश्लेषण गरेका थिए । नेपालगन्ज उपमहानगर पार्टीको बैठकले नेपालगन्जमा यसपटक एकलौटी रुपमा जित्ने संभावना हुदाहुदै पनि नेपालगन्ज माओवादी माथी अन्याय भएको ठहर गर्दै बिरोध जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *