१५ आश्विन २०८०, सोमबार

चिकित्सा शिक्षा ऐन २०७५ परिमार्जनकालागि संघर्ष समितिले १४ बुँदे ज्ञापनपत्र बुझायो

चिकित्सा शिक्षा ऐन २०७५ परिमार्जनकालागि संघर्ष समितिले १४ बुँदे ज्ञापनपत्र बुझायो

सिराज खान
नेपालगन्ज, साउन २६ गते । चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालगन्जले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ लाई परिमार्जन गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र पठाएको छ ।
संघर्ष समितिका केन्द्रीय सदस्य संजय सिंहले बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यमार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ लाई परिमार्जन लगायतका १४ बुंदे मागसहितको ज्ञापनपत्र पठाईएको बताउनुभयो ।
संघर्ष समितिका केन्द्रीय सदस्य सिंह र चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालगन्जका संयोजक नन्दिता रिजालले सो ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी आचार्यलाई बुझाउनुभयो ।
ज्ञापनपत्रमा ऐनले तोकेको दुई वर्षभित्र अस्पताल निर्माणको समयसिमा बढाएर पाँच वर्ष पुराउनु पर्ने, आयोग र सिटिईभिटिको कारण बन्द भएका कलेजमा तत्काल विद्यार्थी भर्नाको व्यवस्था मिलाउनु पर्नेलगायतका विभिन्न १४ बुँदे माग अघि सार्दै धर्ना, तथा प्रर्दशन समेतका कार्यक्रम अघिसारेको उल्लेख गरिएको छ ।

यसअघि संघर्ष समितिले शुक्रवारनै पत्रकार सम्मेलनको आयोजना गरेर चिकित्सा शिक्षा आयोग तथा प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिईभिटी अन्तरगत सञ्चालनमा रहेका प्रिडिप्लोमा तहका चिकित्सा स्वास्थ्य विषयका स्टाफ नर्श र विएस्सी नर्सिङ्गका शिक्षण संस्थाहरु सहजै सञ्चालन गर्न सकिने व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेको थियो ।
संघर्ष समितिका केन्द्रीय सदस्य सिंहले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ले तोकेको ढाँचामा एक विद्याको कक्षा सञ्चालनको लागि एक सय सैया बेडको अस्पताल निर्माण गर्नुपर्ने बाध्यकारी निर्देशन व्यवहारिक नभएको बताउनुभयो ।
उहाँले यस्तो नीतिले नेपाली विद्यार्थी नेपालमा पढ्न नपाउने अवस्था सृजना गरेको जनाउँदै बर्तमान चिकित्सा शिक्षा ऐन २०७५ परिमार्जन गरी सहज बनाउनुको विकल्प नभएको जिकिर गर्नुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 5453

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 5453

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *