१३ बैशाख २०८१, बिहीबार

चितुवाको छाला र हाडसहित तीन जना कोहलपुरबाट पक्राउ

चितुवाको छाला र हाडसहित तीन जना कोहलपुरबाट पक्राउ

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १३ कात्तिक । कोहलपुर प्रहरीले फेरी चितुवाको छाला र हाडसहित तीन जनालाई कोहलपुरबाट पक्राउ गरेको छ । उनिहरुलाई शुक्रवार राती पक्राउ गरिएको हो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालका अनुसार वन्युजन्तु चितुवाको छाला र हाडको ओसार पसार भैरहेको भन्ने विशेष सुचनाका आधारमा प्रहरी टोलीले कोहलपुर ११स्थित सागर गेष्ठ हाउसको कोठा नम्बर २०५ मा छापा मार्दा तीनजनालाई चितुवाको छाला एक थान र १ किलो ४० ग्राम चितुवाको हाडसहित नियन्त्रणमा लिन सफल भएको हो ।
पक्राउ परेकाहरुमा बाँके राप्तीसोनारी ९ का ३५ वर्षिय हिरासिंह विक, सुर्खेत पंचपुरी नगरपालिका ७ बस्ने २४ वर्षका रमेश बयक र सोही ठाउँका २८ वर्षका बसन्त बिसी रहेको डीएसपी खनालले बताउनुभयो ।
उहाँले सो बारेमा थप अनुसन्धान भैरहेको पनि जनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
3
+1
5
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *