६ बैशाख २०८१, बिहीबार

चिसोबाट अति प्रभावित मगन्ता समुदायलाई ४२ थान कम्बल वितरण

चिसोबाट अति प्रभावित मगन्ता समुदायलाई ४२ थान कम्बल वितरण

सिराज खान
नेपालगञ्ज, माघ १२ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेले अत्याधिक चिसो र शीतलहरको कारण समस्यामा परेका जिल्लाका अति विपन्न मगन्ता समुदायलाई कम्बल वितरण गरेको छ ।
डुुडुवा गाउँपालिका ६ मगन्ता टोलका अति विपन्न मगन्ता समुदायका ४२ जनालाई बुधवार वडामै गएर कम्बल वितरण गरिएको छ ।
वडा कार्यालयको समन्वयमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीसहितको टोलीले डुडुवाको वडा नम्बर ६ मगन्ता टोलमा पुगेर त्यहाँका ४२ जना अतिविपन्नलाई कम्बल वितरण गरेको हो ।
परम्पराकालबाट मागेर गुजारा चलाउँदै आएका मगन्ता समुदायलाई चिसोले जिवन यापनमा समस्या भएको जानकारी पाएर कम्बल वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो ।
मगन्ता समुदायलाई सहायक प्रमुख जिल्ला अधिकारी केसी, जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत राम कुमार सोनकर, वडा अध्यक्ष मोहनराम मिश्र, विपद व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली लगायतले कम्बल वितरण गर्नुभयो ।
केही दिन पहिले पनि नेपाली सेनाले पनि मगन्ता समुदायका सय जनालाई कम्बल वितरण गरेको थियो । सो बेला नपाएका थप ४२ जनालाई विपद व्यवस्थापन समितिले वितरण गरेको हो ।

विपद व्यवस्थापन समिति बाँकेले तयार पारेको शितलहर आकस्मिक कायृयोजना २०७८ मा बाँकेमा चिसो तथा शीतलहरबाट करिव २६ हजार प्रभावित हुने आकलन गरीएको छ ।
सोही कार्ययोजना अन्तर्गत विपद व्यवस्थापन समितिले ६ सय थान कम्बल खरिद गरी चिसो प्रभावितलाई उनीहरु बसेकै स्थानमा पुगेर न्यानो कम्बल वितरण गर्दै आएको छ भने दाउरा समेत वितरण गरिरहेको विपद व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।
यसअघि पनि समितिले जिल्ला प्रहरी कार्यालयका थुनुवा, निलसागर असहाय केन्द्रका बृद्धबृद्धा र बाल सुधार गृहका बालकहरुलाई कम्बल वितरण गरिसकेको छ ।( गोरखापत्र अनलाइनबाट साभार)

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *