२६ जेष्ठ २०८०, शुक्रबार

जनताले विकास, समृद्धि र सदभाव मात्र खोजेका छन् – मन्त्री राई

जनताले विकास, समृद्धि र सदभाव मात्र खोजेका छन् – मन्त्री राई

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असोज १६ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले विकास, समृद्धि र सदभावलाई अगाडी बढाउने नेतालाई मात्र जनताले निर्वाचित गर्ने बताउनु भएको छ ।
विभिन्न चाडपर्व मनाउन आइतवार गृह जिल्ला पुग्नु भएका मन्त्री राईले विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै जिल्ला र देशले अहिले विकास, समृद्धि, स्थायीत्व र सामाजिक तथा धार्मिक सदभाव खोजेको बताउनुभयो । उहाँले जनताले खोजेको कुरा पुरा गर्ने नेतालाई मात्रै जनताको समर्थन रहने दावी गर्नुभयो ।
आफ्नो निजि स्वार्थका लागि समाजलाई बाँड्ने, धामिर्क, जातिय र क्षेत्रीय विषयलाई मुद्दा बनाएर भाँड्न खोज्नेलाई मंङ्सिर ४ गते जनताले सबक सिखाउने उहाँले बताउनुभयो ।


सानो समयमा पनि धेरै विकासका काम गर्न सकिन्छ भन्ने कुरा वर्तमान सरकारको कामले पुष्टि गरिसकेको जनाउँदै मन्त्री राईले आफुले पनि सानो समयमा जिल्लाको विकासका लागि धेरै योजना शुरु गराउन सफल भएको बताउनुभयो ।
उहाँले जनताले अहिले मात्र विकास र सदभाव, भाइचारा खोजेको दावी गर्दै यो बाहेकका कुरा गर्नेहरु आफै जनताबाट टाढिंदै जाने बताउनुभयो ।
चाडपर्व मनाउन गृह जिल्ला पुग्नु भएका राईले दसैं तिहार, छठ र मोहम्मद डे को शुभकामना दिंदै जिल्लावासीसंगै देशवासीको समृद्धि र सुख शान्तिको कामना समेत गर्नुभयो ।
उहाँले भन्नुभयो–सधैं धार्मिक र सामाजिक सदभाव कायम रहोस, सबै मिलेर विकास निर्माणमा अगाडी बढौं, आफ्नो ठाउँलाई समृद्ध, सुन्दर र राम्रो बनाउ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *