७ बैशाख २०८१, शुक्रबार

जनता समाजवादी पार्टी बाँकेद्धारा संगठन सुदृढिकरण अभियान सञ्चालन, वडा वडामा भेला तथा प्रशिक्षण

जनता समाजवादी पार्टी बाँकेद्धारा संगठन सुदृढिकरण अभियान सञ्चालन, वडा वडामा भेला तथा प्रशिक्षण

समाचारदाता
नेपालगन्ज, भदौ ११ । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको तयारी शुरु गर्दै बाँकेमा विभिन्न दलहरुले निर्वाचन केन्द्रित अभियानहरु शुरु गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकिकृत समाजवादी पार्टी र एमालेले निर्वाचन केन्द्रित कार्यक्रमहरु शुरु गरेका छन् ।
नेपाली काँग्रेसले जनताको साथमा काँग्रेस अभियानलाई बाँकेमा आइतवारबाट औपचारिक रुपमा शुरु गर्दैछ भने नेकपा एकिकृत समाजवादीले उम्मेदवार समेत सिफारिस गरिसकेर तयारी शुरु गरेको सो दलले जनाएको छ ।
सोही प्रकारले जनता समाजवादी पार्टी नेपालले बाँके क्षेत्र नम्बर २ बाट संगठन सुदृढ अभियान शुरु गरेको छ । सो दलका केन्द्रिय कार्यकारीणी सदस्य तथा भौतिक पुर्वाधार मन्त्री मोहम्मद ईश्तियाक राईको निर्देशनमा संगठनलाई बलियो बनाई नेता कार्यकर्तालाई दिनरात जनतासंग सम्पर्क राख्ने गरि परिचालन गर्ने उदेश्यले बाँके क्षेत्र नम्बर २ मा संगठन सुदृढिकरण अभियान सञ्चालन गरिएको जसपा बाँकेका सचिव राजेन्द्र विश्वकर्माले बताउनुभयो ।

उहाँले डुडुवा र नेपालगञ्जका विभिन्न वडाहरुमा वडा भेला गरेर संगठनलाई चुस्त दुरुस्त पार्दै निर्वाचनको तयारीमा जुट्न निर्देशन सहित संगठन सुदृढिकरण अभियान चलिरहेको बताउनुभयो । दुबै पालिकामा सो अभियानलाई तिव्र पारिएको जनाउँदै सचिव विश्वकर्माले जिल्लाका नेताहरु जसपा बाँकेका अध्यक्ष तथा नेपालगञ्जका उपमेयर कमरुद्दीन राई, जसपाका केन्द्रिय सदस्यहरु अम्बिका काफ्ले, बेबी तबस्सुम, नेताहरु श्रवण यादव, राजन रानामगर, बुद्धि सागर सुवेदी, अरुणसिंह, भण्डारीलाल यादव लगायतको सहभागिता रहने गरेको बताउनुभयो ।
वडास्तरको अभियान सम्पन्न भएलगत्तै पालिकास्तर, क्षेत्र स्तर र जिल्ला स्तरको अभियान सञ्चालन गरिने जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राईले बताउनुभयो । यसअघि गत साता मात्रै बाँके क्षेत्र नम्बर २ का सांसद तथा मन्त्री राईले गृह जिल्लामा आएर क्षेत्र नम्बर २ का सबै ठाउँमा पुगेर स्थानीय नेता, कार्यकर्ता र जनतासंग भेट गरेर फर्किनु भएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *