१६ चैत्र २०८०, शुक्रबार

जमुनाहा नाकाबाट भित्रिनेहरुका कारण नेपालगञ्ज संक्रमणको उच्च जोखिममा

जमुनाहा नाकाबाट भित्रिनेहरुका कारण नेपालगञ्ज संक्रमणको उच्च जोखिममा

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ ९ । भारतका विभिन्न ठुलो सहरबाट फर्किनेहरुमा कोरोना संक्रमण धेरै देखिन थालेको छ । जसका कारण नेपालगञ्ज लगायत ती मानिसहरु फर्किएर जाने ठाउँहरु कोरोनाको उच्च जोखिममा परेका छन् ।
भारतबाट आउने सबैको कोरोना परीक्षण नभएपनि भएकाहरुमा धेरै जना संक्रमित देखिनुले संक्रमित भएर आउनेहरुबाट कोरोना फैलिने सबैभन्दा ठुलो खतरा उत्पन्न भएको छ । संक्रमित भएर आएका तर परीक्षण विनै नेपालमा छिरेकाहरु नेपालगञ्ज आएर विभिन्न होटलमा बस्ने, बजारमा सामान खरिद गर्ने र सार्वजनिक यातायातमा चढ्ने भएकोले उनिहरुकै कारण नेपालगञ्ज पनि उच्च जोखिममा परेको छ ।
यसैविच नेपालगञ्जको जमुनाहा नाकामा आइतवार भारतबाट आएका ३६१ जनाको कोरोना परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धेरै मानिस अझैपनि विना परीक्षण नै आउ जाउ गरिरहेकोले संक्रमणको खतरा झनै धेरै छ ।
भारतबाट आएका थप ३६१ जनाको आइतवार एन्टिजेन परीक्षण गर्दा ४१ जना पुरुष र २ जना महिलामा कोरोना पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनु भएको हो। उहाँका अनुसार नेपालगञ्जको बालमन्दिर आइसोलेसनमा बाहिरी जिल्लाका ३७ जना संक्रमितलाई राखिएको उहाँले बताउनुभयो ।
यसैविच भेरी अस्पतालमा गत चौबिस घण्टामा गरिएको ११३ जनाको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको पनि कोरोना फोकल पर्सन ओलीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *