१२ बैशाख २०८१, बुधबार

जमुनाहा नाकामा एकैदिन ३७ जनामा कोरोना संक्रमण पुष्टि, नाकामा थप कडाई आवश्यक

जमुनाहा नाकामा एकैदिन ३७ जनामा कोरोना संक्रमण पुष्टि, नाकामा थप कडाई आवश्यक

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २४ । नेपालगन्जको जमुनाहा नाकामा एकै दिन ३७ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार भारतका विभिन्न राज्यबाट आएका ३७ जनामा कोरोना पुष्टि भएको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले बताउनुभयो । एन्टिजिन विधिबाट कोरोना परीक्षण गर्दा शनिवार विहान ९ बजेसम्म १६ जना, बिहीबार २७, बुधबार र मंगलबार ५, ५ र सोमबार १० जनामा कोरोना पुष्टि भएको थियो ।
सोमबार यता भारतबाट आएका सय जनामा कोरोना संक्रमण पुष्टि भएको ज्ञवालीले जानकारी दिनुभयो । भारतबाट आउनेमा यसरी तिवै गतिमा संक्रमण देखिन थालेपछि नाकामा थप कडाई गर्न स्थानीयले माग गरेका छन् । नाकामा कडाई नगरिए उताबाट संक्रमण लिएर आउनेहरुले यता फैलाउने संभावना प्रवल रहेकोले कसैलाई पनि परीक्षण विना छिर्न नदिन स्थानीयको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *