६ बैशाख २०८१, बिहीबार

जमुनाह प्रहरीद्धारा चार ग्राम भन्दा बढी ब्राउन सुगरसहित एकजना पक्राउ

जमुनाह प्रहरीद्धारा चार ग्राम भन्दा बढी ब्राउन सुगरसहित एकजना पक्राउ

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २१ । जमुनाह नाकामा रहेको प्रहरी र लागु औषध ब्युरोको टोलीले भारतको रुपैडिहाबाट नेपाल भित्रयाउँदै गरेको चार ग्राम भन्दा बढी लागु औषध ब्राउनसुगर सहित नेपालगन्जका एक युवकलाई नियन्त्रणमा लिएको छ ।
जमुनाहा प्रहरीले दिएको जानकारी अनुसार मंगलवार बेलुकी ६ बजेर ४० मिनेट जाँदा भारतबाट आईरहेका नेपालगन्ज १८ का शुषान्त शाहीको खान तलाशी गर्दा सुपर पावर सुर्तिको पुडिया भित्र लुकाएर कालो प्लाष्टिकमा बेरेर ल्याई रहेको चार ग्राम ३९० मिलि ग्राम ब्राउनसुगर प्रहरीले नियन्त्रणमा लिएको छ ।
खुला सीमाना र रुपैडिहामा खुला विक्रि हुने गरेका कारण दैनिकजसो लागु औषध भित्रिने गरेको छ । प्रहरीले पनि दिनदिनै लागु औषध नियन्त्रणमा लिंदै आएको छ ।
लागु औषध भित्रयाउनेहरुले नयाँ नयाँ तरिका अपनाएर भित्रयाईरहेका छन् । कहिले जुसको बट्टा भित्र कहिले मोजामा लुकाएर तथा कहिले चिनी भित्र लुकाएर ल्याउने गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *