१५ चैत्र २०८०, बिहीबार

जसपा बाँकेद्धारा क्षेत्र नम्बर २ का लागि मन्त्री राईको एकल नाम सिफारिस

जसपा बाँकेद्धारा क्षेत्र नम्बर २ का लागि मन्त्री राईको एकल नाम सिफारिस

समाचारदाता
नेपालगञ्ज, भदौ १७ गते । आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि जनता समाजवादी पार्टीले बाँके क्षेत्र नम्बर २ बाट भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईको एकल नाम सिफारिस गरेको छ । २०७४ सालको निर्वाचनमा पनि राई सोही क्षेत्रबाट प्रतिनिधी सभामा निर्वाचित हुनु भएको थियो ।
यस्तै प्रतिनिधी सभा क्षेत्र नम्बर १ बाट राम कुमार यादव तथा क्षेत्र नम्बर ३ बाट मनोजकुमार दिक्षित र बलरामयादवको नाम सिफारिस गरिएको जसपा बाँकेले जनाएको छ । यसैगरी प्रदेश सभा १ क बाट अजयकुमार श्रीवास्तव र मोहम्मद अलि खाँ, प्रदेश सभा १ ख बाट लालबहादुर शाह, जग बहादुर ओलीको नाम सिफारिस गरिएको छ ।
त्यस्तै प्रदेश सभा २ क बाट भण्डारी लाल यादव र सर्वण यादव, प्रदेश सभा २ ख बाट दुर्गेश गुप्ता, राजन रानामगर, माजिद अलि शेख, र बुद्धिसागर सुवेदीको नाम सिफारिस गरिएको जसपा बाँकेका सचिव राजेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।
त्यसैगरी प्रदेश सभा ३ क बाट उदयराज यादव, विष्णु कृसी यादव तथा प्रदेश सभा ३ ख बाट विजय पाठक, राजेश बर्माको नाम सिफारिस गरिएको जसपा क्षेत्र नम्बर ३ का अध्यक्ष राजिव कुर्मीले जानकारी दिए । २०७४ सालको निर्वाचनमा तत्कालिन संघिय समाजवादी फोरम अहिलेको जसपाले प्रतिनिधी सभा क्षेत्र नम्बर २ र प्रदेश सभा २ क मा जितेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *