८ बैशाख २०८१, शनिबार

जिल्ला ट्राफिक प्रहरी कार्यालयले ई रिक्सा चालकहरुलाई एक महिने प्रशिक्षण दिंदै

जिल्ला ट्राफिक प्रहरी कार्यालयले ई रिक्सा चालकहरुलाई एक महिने प्रशिक्षण दिंदै

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख २ । बाँके जिल्लामा संचालनमा रहेका ई रिक्सा चालकहरुका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले एक महिने प्रशिक्षण कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
नेपाल ई रिक्सा व्यवस्थापन प्रालि बाँकेको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले १ महिने प्रशिक्षण कार्यक्रम संचालन गरेको बाँकेका ट्राफिक प्रहरी प्रमुख हिमालय शाहले बताउनुभयो । उहाँका अनुसार प्रशिक्षण कार्यक्रम नेपालगंज उप महानगर पालिका वडा नं १० स्थित ई रिक्सा व्यबस्थापन प्रालिको हलमा संचालन भैरहेको छ ।

सो प्रशिक्षण कार्यक्रममा ई रिक्सा चालकहरुलाई ट्राफिक नियम, दुर्घटना हुने कारणहरु, लेन अनुसाशन, ई रिक्सा चलाउदा चालकले ध्यान दिनुपर्ने कुराहरु र सवारीको अवस्थाका सम्बन्धमा प्रशिक्षण दिने कार्य गरिरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक शाहले जनाउनु भयो । प्रशिक्षणबाट चालकहरुले ट्राफिक नियम र सवारी चलाउदा ध्यान दिनुपर्ने विषयमा जानकारी पाएको प्रमुख शाहले बताउनु भयो ।
सो प्रशिक्षणबाट ट्राफिक नियम र लेन सम्बन्धी जानकारी भएकोले अबदेखि सोही अनुसार रिक्सा चलाउने ई रिक्सा चालकहरुले बताएका छन । ई रिक्सा व्यवस्थापन प्रलिका अध्यक्ष कुमार सिंह ठकुरीले ई रिक्सा चालकहरुले सो प्रशिक्षणबाट ट्राफिक नियम, लेन अनुशासन र दुर्घटना हुने कारणहरु सम्बन्धी जानकारी हासिल गरेको र हाल सम्म ४३५ जना ई रिक्सा चालकहरु प्रशिक्षण कार्यक्रममा सहभागि भैसकेको बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *