४ बैशाख २०८१, मंगलवार

झुठको खेती गर्नेहरुसंग सावधान रहन मतदाताहरुलाई पुर्वमन्त्री राईको आग्रह

झुठको खेती गर्नेहरुसंग सावधान रहन मतदाताहरुलाई पुर्वमन्त्री राईको आग्रह

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, कात्तिक २० । पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले झुठको खेती गर्नेहरुबाट सावधान रहन बाँके क्षेत्र नम्बर २ का आम मतदाताहरुसंग आग्रह गर्नुभएको छ ।
शनिवार नेपालगञ्ज उपमहानगर र डुडुवा गाउँपालिकामा आयोजित विभिन्न कार्यक्रममा बोल्दै पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राईले अहिले केही उम्मेदवारले झुठको खेती गरेर जनतामा भ्रम छर्ने प्रयास गरिरहेकोले सचेत रहन आग्रह गर्नुभयो ।
उहाँले विभिन्न सपना बाँडेर, धर्म र जातियताको राजनिति गरेर पनि सफलता नमिल्ने देखेपछि झुठको खेती शुरु गरिएको जनाउँदै बिकासको नाममा एक सिन्को पनि नभाँच्ने र कोभिडको बेला २२ करोडको राहात वितरणमा अनियमितता गरेर आफुलाई सदाचारी भन्नेहरुसंग सावधान र सचेत रहन सर्वसाधारणलाई आग्रह गर्नुभयो ।
समाजमा विभाजन ल्याएर विजयी हुने योजना बनाएकाहरुले विभिन्न प्रकारका झुठको खेती गरेर जनतालाई गुमराहमा पार्न खोजेकोले त्यस्ता व्यक्तिहरुसंग सचेत रहनुपर्नेमा पुर्वमन्त्री राईले विशेष जोड दिनुभयो ।
जनताले पाएका अधिकार र हक खोस्नका लागि राजालाई फर्काउने षडयन्त्र भैरहेको प्रष्ट पार्दै उहाँले अब जनताले त्यस्तो काममा कुनै सहयोग नगर्ने बताउनुभयो ।


दुई कार्यकाल मेयर हुँदा केही पनि नगरेकाले अब क्षेत्रको बिकास गर्छु भनेर मतदातालाई झुक्याउन खोज्नेहरुलाई कुनै पनि हालतमा बिश्वास गर्न नसकिने पुर्वमन्त्री राईको भनाई थियो ।
नेपालगञ्ज र डुडुवामा विभिन्न विकासका योजनाहरु शिलान्यास गर्दा त्यसको विरोध गर्नेहरुले डुडुवामा निर्माण गर्न खोजिएको १०३ किलोमिटर सडक निर्माणको योजना सञ्चालन नगर्न सडक डिभिजन कार्यालयमा गएर निवेदन दिएको जनाउँदै उहाँले बिकास विरोधीहरुलाई समयमै चिन्नुपर्ने बताउनुभयो ।
आफुले विगतमा शिलान्यास गरेर निर्माण शुरु भएका धेरैजसो योजनाहरु पुरा भैसकेको र केही योजना निर्माणाधिन रहेको प्रष्ट पार्दै नेता राईले केही दिन अघि शिलान्यास गरेका योजनाहरु पनि निर्माण भएरै छाड्ने बताउनुभयो ।
हालै शिलान्यास गरेका योजना मध्ये डुडुवाको पुल र पुष्पलाल चोकबाट सिधनियाँसम्मको सडक विस्तारको निर्माण कार्य शुरु भैसकेको र जमुनाहा राँझा सडक स्तरोन्नती र अन्य योजना पनि एक दुई दिनमै शुरु हुने उहाँले बताउनुभयो ।
बाँकेका जनताले सबै कुरा बुझिसकेकोले बिकास र सामाजिक तथा धार्मिक सदभाव कायम गर्नेलाई मात्र जिताउने पुर्वमन्त्री राईको दावी थियो ।
शनिवार नेपालगञ्जको रोयल पार्टी प्यालेस, मेजेस्टिक पार्टी प्यालेस, डुुडुवा ५ को पदमपुर, नेपालगञ्ज बसपार्क, वडा नम्बर २२ पुरैनी र गोसाईगाउँमा आयोजना गरिएका कार्यक्रममा पुर्वमन्त्री राई सहभागि हुनु भएको थियो । शनिवार पुरैनी र मेजेस्टिक पार्टी प्यालेसमा आयोजना गरिएका कार्यक्रममा ३८० जना युवा र अन्यले विभिन्न पार्टी परित्याग गरेर जसपामा शामेल भएका थिए ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *