८ बैशाख २०८१, शनिबार

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कालिकोटका हमालको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कालिकोटका हमालको मृत्यु

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ७ पुस । बुधवार अपरान्ह नेपालगन्जको पुष्पलाल चोक नजिकै रहेको गुल्म अगाडि भएको सवारी दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ ।
ना ६ ख २६२३ नम्वरको ट्रकले भे ७ प २७८१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा तिलागुफा गाउँपालिका–३ कालिकोटका २९ वर्षीय कुश हमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोहलपुरबाट धम्वोजीतर्फ आउँदै गरेको ट्रकले पुष्पलाल चोकदेखि बागेश्वरीतर्फ गइरहेको मोटरसाइकललाई अपरान्ह साढे चार बजेतिर ठक्कर दिएपछि मोटरसाइकल चालक हमाल गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई तत्कालै नेपालगञ्ज शिक्षण अस्पताल पुरयाईए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
गत केही समययता आएर नेपालगञ्जमा ट्राफिक व्यवस्थापन फितलो भएकोले दैनिकजसो दुर्घटनाहरु भैरहेका छन् । दुर्घटनाहरु प्रायजसो सुर्खेतरोडमा नै बढी हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *