१५ चैत्र २०८०, बिहीबार

तलब माग्दै नेपालगञ्ज मेडिकल कलेजका चिकित्सकहरु आन्दोलनमा

तलब माग्दै नेपालगञ्ज मेडिकल कलेजका चिकित्सकहरु आन्दोलनमा

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ १२ गते । चार महिनादेखि तलवभत्ता नपाएको गुनासो गर्दै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनको पहिलो दिन विहीबार उनिहरुले अस्पताल प्रशासन अगाडि एक घण्टा धर्ना बसेका थिए । विहान ९ बजेदेखि १० बजेसम्म हातमा कालो पट्टी बाँधेर उनिहरु धर्ना बसेका थिए ।
नेपालगञ्ज मेडिकल कलेज प्राध्यापक परिषद्को अगुवाईमा आन्दोलन थालिएको परिषद्का अध्यक्ष डा विनोद महासेठले बताउनुभयो । शिक्षण अस्पतालका चिकित्सकहरुले मासिकरुपमा पाउनु पर्ने तलव माघ महिनादेखि नपाएको र प्रोत्साहन भत्ता रोकिएको पनि महिनौं वितिसकेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको अध्यक्ष महासेठले बताउनुभयो ।

‘अस्पताल जस्तो संवेदनशील थलोमा आन्दोलन गर्नु हाम्रो रहर हुँदै होइन परिषद्का अध्यक्ष महासेठले भन्नुभयो–‘अस्पताल प्रशासनले तलवभत्तानै नदिएपछि के गर्नु ?’ नेपालगञ्ज मेडिक कलेजमा ११४ जना चिकित्सक कार्यरत हुनुहुन्छ । अधिकांशले तलवभत्ता नपाएको परिषदका सचिव डा अरुण महतको भनाइ छ । यस्तै अन्य कर्मचारीले पनि महिनौदेखि तलवभत्ता नियमित पाउन नसकेको कर्मचारीले बताएका छन् ।
सामाजिक सेवा इकाई प्रमुख रामबहादुर मल्लले परिषद्को आन्दोलनमा आफुहरुको पूर्ण साथ रहेको बताउनुभयो । नेपाल ट्रेड युनियन काँग्रेस बाँकेका अध्यक्ष समेत रहनुभएका प्रमुख मल्लले अस्पताल प्रशासनले आन्दोलनलाई गम्भीरतापूर्वक लिएर तत्काल निकास निकाल्नु पर्ने बताउनुभयो । चिकित्सकहरुलाई तलवभत्ता नदिए कडा आन्दोलन गर्ने उहाँको चेतावनी छ । आन्दोलनका कार्यक्रम अन्तर्गत विहीबार र शुक्रबार हातमा कालो पट्टी बाँधेर एक घण्टा धर्ना दिने माग सम्वोधन नभए १६ गतेदेखि आंशीकरुपमा ओपिडी सेवा बन्द गर्ने परिषद्को चेतावनी छ ।
अस्पताल प्रशासनले भने कोभिड महामारीकै असरले हालसम्म पनि आर्थिक संकट रहेको जनाउँदै नियमित तलवभत्ता दिन गाह्रो भइरहेको प्रष्टिकरण दिएको छ । अस्पतालका प्रशासन प्रमुख कुमार अधिकारीले कोभिड महामारीका कारण अस्पतालमा आर्थिक संकट रहेकाले समयमा तलवभत्ता दिन नसकिएको बताउनुभयो । उहाँले आन्दोलनकारीहरुसंग संवाद गर्ने प्रयास भैरहेको जनाउँदै विरामीको उपचारमा असर नपर्नेतर्फ सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *