१५ चैत्र २०८०, बिहीबार

त्रिभुवन चोकमा केही युवकले हवाई फायर गरेर भागे, पहिचान भैसकेको र पक्राउ गरिने प्रहरीको भनाई

त्रिभुवन चोकमा केही युवकले हवाई फायर गरेर भागे, पहिचान भैसकेको र पक्राउ गरिने प्रहरीको भनाई

समाचारदाता
नेपालगञ्ज, कात्तिक ७ । नेपालगञ्जमा दुई पक्षविच वादविवाद भएपछि केही युवाले हवाई फायर गरेर भागेको जनाईएको छ । स्थानीय त्रिभुवन चोकको पुर्व लाइनमा आइतवार राती करिब १२ बजेको समयमा एकजना युवकसंग चार पाँच जनाको विवाद भएको र सो बढ्दै गएपछि विवाद गर्ने युवालाई स्थानीयले घेराउ गर्दा उनिहरुले पेस्तोल झिकेर हवाई फायर गरेर भागेको जनाईएको छ ।
निर्वाचनको बेलामा यसरी युवाहरुले पेस्तोल बोकेर हिंडदा सुरक्षामा ठुलो चुनौती उत्पन्न भएको छ । त्यसैपनि निकै संवेदनशिल मानिने बाँकेको निर्वाचन अघि यस्ता अपराधिक घट्ना हुनुले सुरक्षा व्यवस्थामा कडाई हुनुपर्ने आवश्यकताको बोध गराएको छ ।
बाँके प्रहरीका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले घट्नाको पुष्टि गर्दै हवाई फायर गर्नेहरुको पहिचान भैसकेकोले छिटै पक्राउ पर्ने बताउनुभयो । उहाँले सो घट्ना बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाउँदै यसरी हतियार बोकेर हिड्ने छुट कसैलाई पनि नहुने तथा उनिहरुलाई कडा कारवाही गरिने बताउनुभयो ।
तिहारको बेला र आसन्न निर्वाचनको सम्मुखमा यसरी खुला रुपमा पेस्तोल बोकेर हिड्नुले जनमानसमा आतंक सुजना गर्ने र सुरक्षामा समस्या पर्ने संभावनाका कारण बाँकेको प्रहरी प्रशासनले यसलाई निकै गम्भीर रुपमा लिएको छ । हवाई फायर गर्ने युवा कुनै एक राजनितिक दलको कार्यकर्ता र प्रचारक समेत रहेको स्थानीयको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
3

Leave a Reply

Your email address will not be published. Required fields are marked *