११ बैशाख २०८१, मंगलवार

दुर्घटनामा मारिएका तीनजनाका आफन्तद्धारा नेपालगञ्जमा विरोध प्रदर्शन, चक्काजाम, सडकमा धर्ना

दुर्घटनामा मारिएका तीनजनाका आफन्तद्धारा नेपालगञ्जमा विरोध प्रदर्शन, चक्काजाम, सडकमा धर्ना

सिराज खान
नेपालगञ्ज, बैशाख १ गते । गत आइतवार राती सडकको छेउमा हिडिरहेका तीन जना पैदलयात्रीलाई ठक्कर दिएर मार्ने कार चालकलाई कडा कारवाही र क्षतिपुर्तिको माग गर्दै मृतकका आफन्तले यहाँ आन्दोलन शुरु गरेका छन् ।
सो घट्नामा मारिएका दुई नाबालकसहित तीन जनाका आफन्तले विहिबार साढे १० बजेदेखि नेपालगञ्जको विपी चोकमा टायर बालेर नाराबाजी गर्दै चक्काजाम गरेका छन् ।
सुनसान सडकको छेउमा हिडिरहेकालाई पछाडीबाट कारले ठक्कर दिएर हत्या गरेको आरोप लगाउँदै कार चालकलाई कडा भन्दा कडा सजाय र क्षतिपुर्तिको माग गरेर विरोध प्रदर्शन गरिएको मृतकका आफन्त राजा ईद्रिसीले बताउनुभयो ।

उहाँले कार चालकलाई हदैसम्मको सजाय र क्षतिपुर्तिको ग्यारेन्टी नभएसम्म विरोध प्रदर्शन र चक्काजाम जारी रहने बताउनुभयो ।
गत आइतवार राती ११ः३८ बजे प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको धम्बोझीतर्फबाट अत्याधिक तिव्र गतिमा आएको कारको ठक्करबाट सडकको छेउमा हिंडीरहेका वडा नम्बर ११ सुनारमण्डी निवासी ६५ वर्षीया समिमा इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ६ वर्षका अलि अन्सारीको मृत्यु भएको थियो ।
सो कार नेपालगञ्ज १० का रेष्टुरेन्ट व्यवसायी २८ वर्षिय इन्द्र बहादुर थापाले मदिरा सेवन गरेर चलाएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार विपी चोक र धम्बोझीको विचमा पर्ने सडकको छेउमा हिडिरहेका ६ जना मध्ये तीनजनालाई थापाले मदिरा सेवन गरेर चलाएको कारले ठक्कर दिंदा मृत्यु भएको थियो ।
कार चालकलाई जोगाउने प्रयास भैरहेको जानकारी पाएर आफुहरु बाध्य भै आन्दोलनमा उत्रिनु परेको मृतक समिमा ईद्रिसीका भाई नईम ईद्रिसीले बताउनुभयो । उहाँले ती चालकलाई जोगाउने हो भने उनले फेरी पनि अरुलाई यसरी नै मदिरा सेवन गरेर गाडी चलाएर मार्ने बताउनुभयो ।  मृतकका आफन्त र स्थानीयले गरेको ओन्दोलनका कारण जमुनाहा कोहलपुर सडक खण्ड अवरुद्ध भएको छ । सो सडक खण्ड अवरुद्ध हुँदा उक्त सडकमा आवागमन गर्ने सवारी साधन ठप्प भएका छन् । आन्दोलनकारीले विभिन्न नारा लगाउँदै आन्दोलन गरिरहेका छन् । मृतकका आफन्तहरुले धर्ना समेत दिईरहेका छन् ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
2

Leave a Reply

Your email address will not be published. Required fields are marked *