१३ बैशाख २०८१, बिहीबार

धम्बोझीका हिमलालको अपहरण गरि हत्या गर्ने मल्ल ११ वर्षपछि पक्राउ

धम्बोझीका हिमलालको अपहरण गरि हत्या गर्ने मल्ल ११ वर्षपछि पक्राउ

जे पाण्डे
नेपालगन्ज, २२ माघ । बाँकेको नेपालगन्ज धम्बोजीका २१ वर्षीय हिमलाल बुढालाई नेपालगन्जबाट अपहरण गरी कोहलपुर लगेर बन्धक बनाइ हत्या गरी फरार भएका शौभाग्य मल्ललाई प्रहरीले झन्डै एघार वर्षपछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले मल्ललाई गोरखाबाट पक्राउ गरी नेपालगन्ज ल्याउँदै गरेको बताउनुभयो । २०६७ साल माघ ३ गते ४ जना मिलेर हिमलाललाई धम्बोजीबाट अपरहण गरी कोलपुर पुर्‍याएर त्यहाँको एउटा रित्तो घरको गोठमा बन्धन बनाएर घरका परिवारसँग ३५ लाख रुपैयाँ फिरौती मागेका थिए । तर पोल खुल्ने भएपछि तारले घाँटी कसेर उनको हत्या गरेका थिए । हत्यापछि आगोले पूरै अनुहार जलाइ मल्ल फरार भएको बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले बताउनुभयो ।
उक्त घटनामा संलग्नहरुमध्ये एक जनालाई जिल्ला अदालत बाँकेले २०६९ असार ६ गते कर्तव्य ज्यानमा जन्म कैद र अपहरणमा ९ वर्ष कैदसहित ५० हजार जरिवाना सजाय तोकेको थियो । हत्यामा संलग्नमध्ये दुई जना जेल मुक्त भइसकेका छन् । पक्राउ परेका शौभाग्य मल्लको मुद्दा भने मुलतवीमा छ । (कान्तीपुर अनलाईबाट साभार)

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
2
+1
2
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *