७ बैशाख २०८१, शुक्रबार

नरैनापुरका आगलागि पिडितलाई गाउँपालिका र विपद व्यवस्थापन समितिद्धारा राहात वितरण

नरैनापुरका आगलागि पिडितलाई गाउँपालिका र विपद व्यवस्थापन समितिद्धारा राहात वितरण

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत २२ । बाँकेको नरैनापुर गाउँपालिकाका आगलागि पीडित १६ परिवारलाई मंगलबार राहात वितरण गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको नेतृत्वमा रहेको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले नरैनापुर–४ कृष्णनगरमा सोमबार भएको आगलागीमा प्रभावित १६ घरपरिवारलाई मंगलवार गाउँमै पुगेर नगद र राहत वितरण गरेको हो । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार जिल्ला विपद व्यवस्थापन समितिले प्रति परिवार नगद १५ हजार र नेपाल रेडक्रस सोसाइटीले गैह्रखाद्य सामग्री सेट, १ थान कम्मल वितरण गरिएको छ ।
राहत वितरणमा प्रदेश सभा सदस्य कृष्णा केसी नमूना, प्रमुख जिल्ला अधिकारी खत्री, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरु, भूमि आयोगका पूर्वसदस्य विक्रम यादव लगायत गाँउपालिकाका जनप्रतिधिहरुको समेत उपस्थिति रहेको थियो ।

यस अघि गाउँपालिकाको तर्फबाटट पनि खाद्य सामाग्री, त्रिपाल लगायतका सामग्री राहात स्वरुप उपलव्ध गराइएको थियो । वडा नम्बर ४ का वडाअध्यक्ष दिनेश प्रसाद शर्मा र वडा नं २ का वडा अध्यक्ष मसुद अहमद शाहको रोहबरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले खाद्य तथा गैह्र खाद्य सामग्री वितरण गर्नुभएको थियो ।
गाउँ पालिकाका लेखा अधिकृत प्रकाश अधिकारीका अनुसार आगलागि पिडितलाई चामल, दाल, आलु, नुन, त्रिपाल, डेक्ची, चाउचाउ, प्याज, बाल्टी, जग, चिउरा, झुल, दालमोट, डाडु पन्यो, थाल लगायतको सामाग्री हस्तान्तरण गरिएको थियो ।
गर्मीको मौसम शुरुभएसंगै हरेक वर्षजसो आगलागि हुने गरेको नरैनापुर गाउँपालिकामा यस पटक वडा नम्बर ४ मा सोमवार अपरान्ह एक्कासी आगलागि भएको थियो । सो आगलागिबाट १६ घर जलेर खरानी भएको र ४ वटा बाख्रा समेत जलेर मरेको ईलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक बसन्त गौतमले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *