८ बैशाख २०८१, शनिबार

नरैनापुरमा बाघको आक्रमणबाट एकको मृत्यु

नरैनापुरमा बाघको आक्रमणबाट एकको मृत्यु

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, कात्तिक २८ गते। बाँकेको नरैनापुरमा बाघले मान्छे र गाईलाई आक्रमण गरेको छ । गाई चराउन गएका नरैनापुर गाउँपालिका वडा नम्वर ४ पण्डितपुरुवाका लखन गडरियाको बाघको आक्रमणमा मृत्यु भएको हो ।
गडरिया २५ गते गाई चराउन गएका थिए । त्यो दिन उनी फर्किएनन् । भोलीपल्ट स्थानीयले थाहा पाए । त्यो दिन सबैले उनको खोजतलास समेत गरे । उनी कतै भेटिएनन् । प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी  निरीक्षक बसन्त गौतमका अनुसार खोजतलासको निवेदन आएपछि जगलतिर खोजतलास गर्दा २८ गते राती जगलमा गडरिया र एउटा गाई मृत भेटिएको थियो । स्थानियले घटनास्थल वरपर बाघ कराएको समेत सुनेको बताएका छन् ।
नरैनापुरको पर्यटकस्थल गोवद्र्धन धामदेखि ५ किलोमिटर पूर्वपटी जगलमा गडरियाको शव फेला परेको थियो । शवको पिठ्यु भाग बाघले खाएको छ । घाटी र शरीरका अन्य भागमा नग्राले कोतरेको छ । बाघले एउटा गाईसमेत मारेको स्थानीयले जनाएका छन् ।
प्रहरीले गडरियाको शवलाई पोष्टमार्टका लागि नेपालगञ्ज पठाएको जनाएको छ । राष्टिय जगलमा समेत बाघ देखिएपछि स्थानीय झन त्रसित भएका छन् । बाँकेको पूर्वीगाभरमा केहि महिना अघि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *