७ बैशाख २०८१, शुक्रबार

निल सागर जेष्ठ नागरिक आश्रमका असहायलाई ५० थान कम्बल वितरण

निल सागर जेष्ठ नागरिक आश्रमका असहायलाई ५० थान कम्बल वितरण

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ ३ । अत्याधिक चिसो र शीतलहरको कारण जनजीवन प्रभावित भएपछि बाँके प्रशासनले विपन्न तथा असहाय जेष्ठ नागरिक र बालबालिकालाई न्यानो कम्बल बितरण कार्यलाई निरन्तर जारी राखेको छ ।
सोही क्रममा चिसो प्रभावित विपन्नलाई उनीहरु बसेकै स्थानमा पुगेर न्यानो कम्बल वितरण गर्ने क्रममा जिल्ला विपद व्यवस्थापन समिति बाँकेले सोमवार नेपालगञ्जमा रहेको निल सागर जेष्ठ नागरिक आश्रममा ५० थान कम्बल वितरण गरेको छ।
बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले नेपालगञ्जको निल सागर आश्रम पुगेर त्यहाँ आश्रीत जेष्ठ नागरिक तथा बालबालिकालई न्यानो बनाउन कम्बल वितरण गर्नुभयो । शीतलहर आकस्मिक योजना २०७८ अन्तरगत विपद व्यवस्थापन समितिले ६ सय थान कम्बल खरिद गरी चिसो प्रभावितलाई उनीहरु बसेकै स्थानमा पुगेर न्यानो कम्बल वितरण गर्दै आएको छ ।
बाँकेमा चिसो तथा शीतलहरबाट करिव २६ हजार प्रभावित हुने आकलन गरीएको छ । सो अवसरमा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशाशकिय अधिकृत रामकुमार सोनकर, विपद व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली लगायतले कम्बल वितारण गर्नुभएको थियो ।
सो अवसरमा निल सागरका अध्यक्ष सरिता र सञ्चालक नारायण सुवेदी अमनले आश्रमको अवस्था तथा कार्य प्रगतिको बारेमा जानकारी गराउँदै असहायलाई आश्रममै आएर कम्बल वितरण गरेकोमा प्रशासनप्रति आभार व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *