६ बैशाख २०८१, बिहीबार

नेकपा माओवादी केन्द्र र माओवादी क्रान्तिकारीविच एकता बारे छलफल

नेकपा माओवादी केन्द्र र माओवादी क्रान्तिकारीविच एकता बारे छलफल

काठमाण्डौं । नेकपा माओवादी केन्द्र क्रान्तिकारी र सत्ताँरुढ नेकपा माओवादी केन्द्रबिच आज कम्युनिष्ट एकता र वर्तमान अवस्थाबारे छलफल भएको छ । नेकपा माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दुई पार्टीका नेताहरुबिच तयस्तो छलफल भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र क्रान्तकारीले माओवादी एकता अनिवार्यता, कम्युनिष्ट एकता आजको आवश्यकता’ को विषयमा चलाउँदै आएको वहस अभियानको अन्तर्गत आज सत्ताँरुढ नेकपा माओवादी केन्द्रसँग समेत छलफल भएको जनाएको छ ।
माओवादी केन्द्र क्रान्तिकारीले पार्टीको योजना अनुसार सबै माओवादी तथा कम्युनिष्ट र देशभक्त, प्रगतिशिल, परिवर्तनकारी राजनीतिक दल, समूह लगाएतसँग कम्युनिष्ट एकता र जनवाद स्थापनाबारे गम्भिर छलफल चलाउँदै आएको छ ।
उक्त छलफलको क्रममा नेकपा माओवादी केन्द्र क्रान्तिकारीका महासचिव लोकराज जैसीका साथै केन्द्रीय सदस्य तथा उक्त पार्टी निकटको प्रेस सेन्टर नेपालका अध्यक्ष मनराज कठायत र युवा, विद्यार्थी गरी पाँच जनाको सहभागिता रहेको थियो भने माओवादी केन्द्रबाट उक्त पार्टीका प्रमुख सचेतक देव गुरुङ र पूर्वसभामुख तथा प्रवक्ता कृष्णबहादुर महरा सहभागि थिए । छोटो छलफलको क्रममा नेताहरुबिच छलफललाई निरन्तरता दिने सल्लाह भएको छ ।
भेटको क्रममा माओवादी केन्द्रका सचेतक गुरुङले अहिले माओवादी आन्दोलनका उपलब्धीहरुको रक्षा गर्दै क्रान्तिका बाँकी कार्यभार पुरा गर्नका लागि सबै विभाजित माओवादी शक्ति र कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने समय आएको बताए । नेता गुरुङले माओवादी केन्द्र क्रान्तिकारीले चलाएको वहसको विषय अत्यन्त सान्दर्भिक र महत्वपूर्ण रहेको औल्याउँदै देशभक्त, राष्ट्रवादी, परिवर्तनकारी शक्तिहरु मिल्नुपर्ने वर्तमान अवस्थामा कम्युनिष्ट शक्तिहरु नमिल्नुको विकल्प नभएको बताए ।
उक्त छलफलको क्रममा अचानक पुगेका माओवादी केन्द्रका प्रवक्ता महराले पनि माओवादी केन्द्र क्रान्तिकारीले छलफलमा उठाएका कुराहरु अत्यन्त महत्वपूर्ण रहेको भन्दै त्यसले बलियो कम्युनिष्ट पार्टी निमार्णमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।
त्यसैक्रममा नेकपा माओवादी केन्द्र क्रान्तिकारीका महासचिव लोकराज जैसीले जनयुद्धको समिक्षा सहित क्रान्तिका उपलब्धिहरुको रक्षा गर्दै बाँकी कार्यभार सम्पन्न गर्ने दिशामा सबै माओवादी कम्युनिष्ट पार्टीहरु जुट्नुपर्ने बताए । महासचिव लोकेशले एकताको आधार वर्गियहित, परिवर्तनका मुद्दा र वर्तमान दलाल पूजिवादी संसदीय व्यवस्थाको खारेजीको कार्यक्रम तथा दिर्घकालिन लक्ष्य प्रतिका लागि इमान्दारीता हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *