१६ चैत्र २०८०, शुक्रबार

नेपालगञ्जमा आइतवार जनयुद्ध दिवस भव्य रुपमा मनाईंने

नेपालगञ्जमा आइतवार जनयुद्ध दिवस भव्य रुपमा मनाईंने

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २९ । नेकपा माओवादी केन्द्र नेपालगन्ज नगर समितिले २७ औं जनयुद्ध दिवस भव्य रुपमा आइतवार मनाउने भएको छ । जनयुद्धका कारण नै देशमा गणतन्त्र स्थापना भएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. ४ मा नगर पार्टी कार्यालय उद्घाटनका साथै र्याली, कोणसभा र शुभकामना आदान प्रदान गरेर जनयुद्ध दिवस मनाउने नेकपा माओवादी केन्द्र नेपालगन्ज नगर अध्यक्ष रतन बहादुर शाहीले बताउनु भयो ।
२०५२ सालको फागुन १ गते जनताको अधिकार स्थापना गर्ने उद्देश्यले शुरुभएको जनयुद्धको स्मरणमा हजारौं सहिद प्रती सम्मान गर्दै आइतबार सांझ ६ बजे सहिद सेतु विक चोकमा दिप प्रज्वलन गर्ने अध्यक्ष शाहीले जनाउनु भयो ।
जनयुद्धको राप र तापमा स्थापना भएको गणतन्त्रलाई नै धरापमा पार्न खोज्ने प्रती होसियार हुनुपर्ने भन्दै नगर सचिव प्रेम बहादुर शाहले आइतवार ३ बजे भेरी अस्पताल नेपालगन्जमा बिरामीहरुलाइ फलफुल वितरण गरिने कुराको जानकारी गराउनु भयो ।
जनयुद्ध दिवसका अवसरमा आइतवार ११ बजे पार्टी कार्यालय उद्घाटन सहित शुभकामना आदानप्रदान, १ बजे ¥याली सहित त्रिभुवन चोकमा कोणसभा गर्ने र सांझ सेतु विक चोकमा दिप प्रज्वलन गर्ने योजना समेत अध्यक्ष शाहीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *