७ बैशाख २०८१, शुक्रबार

नेपालगञ्जको धम्बोझीमा प्रहरीद्धारा पाँचसय मास्क वितरण

नेपालगञ्जको धम्बोझीमा प्रहरीद्धारा पाँचसय मास्क वितरण

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ ५ । कोरोना संक्रमण तिव्र गतिमा फैलिन थालेपछि बाँकेमा सो फैलिन नदिन सचेतना र सावधानीका विभिन्न उपायहरु अपनाउन थालिएका छन् ।
केही दिन पहिलेसम्म दैनिक १ जना र कुनै दिन शुन्य संख्यामा संक्रमित भेटिने गरेको बाँके जिल्लामा हाल आएर दैनिक सय जनाको हाराहारीमा संक्रमित भेटिन थालेपछि सावधानी र सचेतनामा विशेष ध्यान दिन थालिएको छ ।
सो क्रममा जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले सुचना जारी गरेर विभिन्न प्रकारका सावधानीका नियमहरु जनकारी गराएको छ । स्वास्थ्य मापदण्ड र खोप लगाउने कुरामा समितिको विशेष आग्रह छ ।
भारत र नेपाल दुबै ठाउँमा कोरोना तिव्र गतिमा फैलिन थालेपनि अझै धेरै मानिसहरुले मास्कको प्रयोग नगरेरनै बजार, यातायात र विभिन्न ठाउँमा हिडिरहेको देखिन्छ । उनिहरुले सामान्य स्वास्थ्य मापदण्डको प्रयोग समेत गरेको देखिदैन ।

सोही कुरालाई ध्यानमा राखेर जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बाँके र अस्थाई ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जको संयुक्त आयोजनामा नेपालगञ्जको धम्बोझीमा पाँच सय जनालाई मास्क वितरण गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेका कार्यालय प्रमुख प्रहरी निरीक्षक हिमालय शाहको उपस्थितिमा धम्बोझी चोकमा आवागमन गर्ने मास्क नलगाएका पदैल यात्री, सवारी चालक, सह–चालक, सार्वजनिक सवारीका यात्रीहरुलाई मास्क वितरण गरिएको हो ।
मास्क नलगाएर धम्बोझी चोकबाट ओहोरदोहोर गर्नेहरुसंग तपाईको मास्क खोई ? भन्ने प्रश्न गरेर मास्क लगाउन आग्रह गर्दै चेतनामुलक सन्देश दिनुका साथै पाँच सय जनालाई मास्क पनि वितरण गरिएको बाँकेका ट्राफिक प्रमुख शाहले बताउनुभयो ।
उहाँले जिल्ला भरनै ट्राफिक प्रहरीले ट्राफिक नियम चेकजाँचसंगै मास्कको बारेमा पनि सोधपुछ गरेर लगाउन उत्प्रेरित गरिरहेको बताउनुभयो । सबैले मास्क लगाएर मात्र घर बाहिर निस्कनु पर्ने सन्देशलाई सबैसम्म पुरयाउन प्रहरी सक्रिय रहेको उहाँको भनाई छ ।
कोरोनाबाट जोगिनका लागि मास्कको प्रयोगमा विशेष ध्यान दिनुका साथै कोरोनाका खोपहरु लगाउनमा पनि विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुले जनाएका छन् ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *