७ बैशाख २०८१, शुक्रबार

नेपालगञ्जको फोहोर व्यवस्थापनका लागि सबैले मिलेर काम गर्ने प्रतिवद्धता

नेपालगञ्जको फोहोर व्यवस्थापनका लागि सबैले मिलेर काम गर्ने प्रतिवद्धता

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, साउन ३१ । नेपालगञ्ज उपमहानगर लगायत वरिपरिको फोहोर व्यवस्थापनका लागि उपमहानगर, नागरिक समाज र अन्य सरोकारवाला सबैले मिलेर काम गर्ने प्रतिवद्धता जनाईएको छ ।
सबैले आ आफ्नो जिम्मेवारी समयमै पुरा गरेमा फोहर व्यवस्थापन सहज रुपमा गर्न सकिने र उपमहानगरलाई स्वच्छ र सफा राख्न सकिने समेत ठहर गरिएको छ ।
जीआइजेड र एमडीएम फ्रान्सको सहयोगमा बि ग्रुपले सञ्चालन गरेको फोहोरको ‘कम प्रयोग, पुन प्रयोग र प्रशोधित गरेर प्रयोग’ अभियान अन्तर्गत नेपालगञ्जमा गरिएको सचेतना र्याली पश्चात आयोजना गरिएको अन्तरक्रियामा सो प्रतिवद्धता जनाईएको हो ।
नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, बि ग्रुपका अध्यक्ष टेक बहादुर पुन, सरसफाई शाखाका प्रमुख प्रकाश डिसी, सरसफाई अभियन्ता डा. विनोद कर्ण, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी लगायतको उपस्थितिमा आयोजना गरिएको बृहत्त अन्तरक्रियामा सरसफाईको अवस्था समस्या र चुनौतीका बारेमा छलफल गरिएको थियो ।
उहाँहरुले त्यहाँ सहभागि आम नागरिकका विभिन्न जिज्ञासाहरुको जवाफ दिनुभएको थियो ।

सो अवसरमा मेयर विष्टले उपमहानगरले फोहर व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राखेको जनाउँदै सहज, सरल र राम्रो तरिकाले फोहर व्यवस्थापन गर्ने योजना बनाईरहेको बताउनुभयो ।
सो कार्यमा नागरिक समाज, विभिन्न संघ संसथा र सरसफाईकर्मी सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
यस्तै सरसफाई अभियन्ता डा. कर्णले नगरको सफाईको अवस्था निके जटिल र चुनौतीपुर्ण रहेकोले समय रहँदै सम्बन्धित सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा एमडीएम फ्रान्सका कार्यक्रम प्रबन्धक बसन्त थापा, बी ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनार, परियोजना संयोजक इन्द्रजित सुनार, एमडीएम फ्रान्सका कार्यक्रम अधिकृत गणेश कार्की र परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकी लगायतको सहभागिता रहेको थियो ।
यसअघि फोहोर व्यवस्थापनमा आम नागरिकको सचेतना बढाउने तथा जनचासोको दायरालाई फराकिलो पार्ने उदेश्यका साथ विभिन्न प्लेकार्ड बोकेर सचेतना र्याली निकालिएको थियो ।
सोही अवसरमा सरसफाईसंग सम्बन्धित विभिन्न विद्यालयका बालबालिकाले तयार पारेको प्रदर्शनी पनि राखिएको थियो । सो प्रदर्शनीमा उत्कृष्ट प्रदर्शनी राख्नेलाई पुरस्कृत समेत गरिएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *