६ बैशाख २०८१, बिहीबार

नेपालगञ्जको मेयरमा दर्जनबढी स्थानीय नेताको दावी

नेपालगञ्जको मेयरमा दर्जनबढी स्थानीय नेताको दावी

सिराज खान
नेपालगञ्ज, चैत २४ गते । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पश्चिम नेपालको प्रमुख केन्द्र नेपालगञ्ज उपमहानगरको मेयर पदका लागि दर्जन बढी नेताहरुले आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको छ । सो पदको लागि टिकट पाउन उहाँहरुको दौडधुप बढेको छ।
उम्मेदवारी मनोनयनको मिति नजिकिँदै जाँदा मुख्य दलहरुबाट उम्मेदवार बन्न चाहनेहरुले शक्तिकेन्द्रहरु धाउन थालेका छन् । स्थानीय नेता कार्यकर्तासँगको भेटघाटलाई पनि उहाँहरूले बाक्लो बनाउनुभएको छ ।
सत्ता गठबन्धन दलहरुबीच गठबन्धन हुने सम्भावनाबीच दर्जन बढी नेताहरु नेपालगञ्जको मेयर बन्ने दौडमा सक्रिय देखिन्छन् । जनता समाजवादी पार्टीबाट कमरुद्दीन राई, नेकपा एमालेबाट पशुपति दयाल मिश्र र नेकपा एकिकृत समाजवादीबाट शमसुद्दिन सिद्दिकीको उम्मेदवारी निश्चित प्रायः भैसकेकाले उहाँहरु प्रचार प्रसारमा जुटिसक्नुभएको छ ।
राई, मिश्र र सिद्दिकीले वडा वडामा गएर संगठन निर्माणसँगै जनतासँग पनि सम्पर्क बढाउन थालेका छन् । जसपाका राईले गएको निर्वाचनमा पनि राम्रो मत ल्याएर पराजित भएकाले उहाँले सो समयबाटै यो निर्वाचनको तयारी शुरु गरेर जनताको काम गर्दै आउनुभएको छ ।
मिश्र मेयरमा टिकट पाउने शर्तका साथ एमालेमा केही महिना पहिले मात्र प्रवेश गरेकाले पहिलेदेखि नै दावेदार रहेका नेता कार्यकर्ताहरु भित्रभित्रै असन्तुष्ट देखिएका छन् । यसले उहाँलाई क्षति पुग्ने अनुमान गरिएको छ ।


उम्मेदवार छनोटमा नेकपा माओवादी र नेपाली काँग्रेसमा तीनजना भन्दा बढी दावेदार देखिएपछि आन्तरिक गृहकार्यमा दुवै दल लागेका छन् ।
नेपाली काँग्रेसमा गत निर्वाचनमा मेयर पदमा पराजित डा सुरेश कुमार कनोडिया, वर्तमान उपमेयर उमा थापामगर, काँग्रेसको नगर सभापति प्रशान्त विष्ट, व्यवसायी नेता अच्युत प्रसाईं र ललित रौनियार टिकटका प्रवल दावेदार हुनुहुन्छ । यी बाहेक महासमिति सदस्यहरु निरन्जनसिंह सिजापति र राजकुमार बर्मा पनि आकांक्षी हुनुहुन्छ । काँग्रेसबाट कनोडियाको सम्भावना सबैभन्दा बढी देखिएको छ । टिकटको टुंगो नलाग्दै उहाँले प्रचार प्रसार तीव्र पारिसक्नु भएको छ ।
नेकपा माओवादी केन्द्रबाट व्यापारिक पृष्ठभूमिका नेताहरु नन्दलाल वैश्य र आदेश अग्रवाल तथा जनयुद्धमा संघर्ष गरेका नवीन शर्माको दावेदारी बलियो छ । स्वर्गिय दामोदर आचार्यकी श्रीमति पार्वता आचार्यलाई पनि पार्टीले मेयरको सम्भावित उम्मेदवारको रुपमा लिएको केही नेता कार्यकर्ताको भनाई छ । तर वैश्यले टिकट पाउने सम्भावना बढी देखिएको बताइएको छ । उनको मधेशी समुदायमा बलियो पकड छ ।
राप्रपाबाट हाल वडा नम्बर ४ का वडा अध्यक्ष मो सफिक बेहना, गौरव चन्द लगायतले मेयरमा दाबी गरेका छन् भने राप्रपा नेपालबाट अभयकुमार बस्नेतको सम्भावना बढी छ । शिवसेना नेपालबाट होटल व्यवसायी दीवाकर शर्माले उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।
नेपालगञ्ज उपमहानगरमा मेयरका लागि मुख्य प्रतिष्पर्धा जनता समाजवादी पार्टी र नेपाली काँग्रेसका उम्मेदवारबीच नै हुने आकंलन अधिकांशको छ । जसपा प्रमुख प्रतिष्पर्धामा रहनुको कारण नेपालगञ्ज नगर समेटिएको बाँके क्षेत्र नम्बर २ का संघीय सांसद र पुर्वमन्त्री ईश्तियाक राईको लोकप्रियता र विकासप्रतिको समर्पण रहेको जनाईएको छ । पुर्वमन्त्री राईको कारणले गर्दा कमरुद्दीन राईलाई प्रमुख प्रतिष्पर्धी मानिएको छ ।
तर, नेकपा माओवादी र एमालेले पनि आफू सबैभन्दा अगाडि रहेको दावी गरिरहेका छन् । नन्दलाल वैश्यले माओवादीको भोेट बैंकका साथै आफ्नो व्यक्तिगत भोेट समेत धेरै रहेकोले जित्ने दावी गरिरहेका छन् । सोही प्रकारको दावी एमाले प्रवेश गरेका पशुपति दयाल मिश्रको पनि छ । सोही कारणले केहीले जसपा, काँग्रेस, माओवादी र एमालेविच कडा प्रतिष्पर्धा हुने अनुमान पनि लगाएका छन् ।
जनता समाजवादी पार्टीले नेपालगञ्जलगायत चार पालिकामा गठबन्धन नगर्ने घोषणा गरिसकेको छ । यदि गठबन्धन भयो भने पनि गठबन्धनका तर्फबाट मेयरमा जसपा र काँग्रेसको मुख्य दावी रहने तथा एमालेसँग प्रतिष्पर्धा हुने देखिएको छ ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *