१४ बैशाख २०८१, शुक्रबार

नेपालगञ्जमा एमसीसी विरुद्ध अखिल क्रान्तिकारी, वाइसियल र राप्रपाको विरोध प्रदर्शन

नेपालगञ्जमा एमसीसी विरुद्ध अखिल क्रान्तिकारी, वाइसियल र राप्रपाको विरोध प्रदर्शन

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ४ । एमसीसीको खारेजीको माग गर्दै विभिन्न पाँच दलले नेपाल बन्दको आहवान गरेकै दिन बुधवार नेपालगञ्जमा राप्रपा र नेकपा माओदी निकट अखिल क्रान्तिकारी तथा वाईसिएलले पनि विरोध प्रदर्शनको आयोजना गरेका छन् ।
एमसीसीको खारेजीको मागसहित विभिन्न प्लेकार्ड बोकेका उनिहरुले विभिन्न नारा लगाउँदै नगरका विभिन्न भारगमा जुलुस प्रदर्शन गर्दै चर्को विरोध गरेका हुन् । युवाहरुको बृहत्त सहभागिता रहेको विरोध प्रदर्शनमा कुनै पनि हालतमा एमसीसी लागु गर्न नहुनेमा उनिहरुको जोड थियो ।
नेकपा माओवादी केन्द्र बाँकेको पार्टी कार्यालयबाट शुरु भएको अखिल क्रान्तिकारी र वाईसियलको विरोध प्रदर्शन अन्तर्गत नगरको विभिन्न भागको परिक्रमा गरेर जुलुस जिल्ला प्रशासन कार्यालयको गेटमा पुगेर समापन गरिएको थियो । समापन अघि प्रदर्शनकारीहरुले निकै बेरसम्म नाराबाजी गरेका थिए ।

समापनमा बोल्दै विद्यार्थि नेता तुलसीमणी केसी, नेकपा माओवादी नेपालगञ्ज नगरका अध्यक्ष रतन शाही लगायतले राष्टहित विपरित रहेको एमसीसीलाई कुनै पनि अवस्थामा पारित गर्न नदिने चेतावनी दिएका थिए । वक्ताहरुले काँग्रेसले एकपक्षीय रुपमा एमसीसी संसदमा टेबल गर्न खोजे गठबन्धन र सरकार दुबैलाई छोडेर माओवादीले आन्दोलनमा उत्रिनुपर्ने सुझाव दिएका थिए ।
सोही प्रकारले राप्रपाले पनि बुधवार नेपालगञ्जमा विरोध प्रदर्शनको आयोजना गरेको थियो । धम्बोझी चोकमा गरिएको प्रदर्शनमा प्रदर्शनकारीहरुले सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए । सो प्रदर्शनमा राप्रपाका नेताहर शफीक नद्दाफ लगायत युवाहरुको बढी सहभागिता रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *