६ बैशाख २०८१, बिहीबार

नेपालगञ्जमा खालसा साजना दिवस र बैशाखी पर्वलाई धुमधामका साथ मनाइने

नेपालगञ्जमा खालसा साजना दिवस र बैशाखी पर्वलाई धुमधामका साथ मनाइने

सिराज खान
नेपालगञ्ज, चैत २५ । सिख समुदायको ३२३ औं खालसा साजना दिवस तथा २०७९ सालको बैशाखी पर्वलाई नेपालगञ्जमा विविध कार्यक्रमको आयोजना गरेर भव्य रुपमा मनाइने भएको छ ।
नेपालगञ्ज सुर्खेतरोडस्थित गुरुद्धारामा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर बैशाख १,२ र ३ गते भव्य रुपमा ३२३ औं खालसा साजना दिवस तथा २०७९ सालको बैशाखी पर्वलाई मनाइने जानकारी गराईएको हो ।
गुरुद्धारा श्री गुरुनानक सिंह सभा नेपालगञ्जका अध्यक्ष राजेन्द्रसिंह सरदारले गुरुनानक देव सेवा सोसाइटी इन्टरनेसनल युएसएको आयोजनामा तीन दिनसम्म विविध कार्यक्रमको आयोजना गरेर खालसा साजना दिवस र बैशाखी पर्वलाई भव्य रुपमा मनाइने तयारी भैरहेको बताउनुभयो ।
उहाँले खालसा साजना दिवस र बैशाखी पर्वको उपलक्ष्यमा आयोजना गरिने कार्यक्रम र समारोहलाई आ आफ्नो मिडियामार्फत संसारभरि फैलाउन सहयोग गरिदिन पत्रकारहरुसंग आग्रह गर्नुभयो ।
कार्यक्रम अनुसार बैशाख १ गतेदेखि ३ गते विहानसम्म गुरुद्धारामा अखण्ड पाठको आयोजना गरिने छ । सो अवधी भर लंगर र भण्डाराको समेत व्यवस्थापन गरिनेछ । बैशाख ३ गते ११ बजेदेखि विभिन्न झाँकसिहितको शोभा यात्राले नगर परिक्रमा गर्नेछ । सो यात्रामा भारतबाट आएका युवाले लठ्ठी, तलवारसहितको मार्शल आर्ट (गतका) देखाउने छन् ।


खालसा साजना दिवस तथा बैशाखी पर्व आयोजक संस्था गुरुनानक देव सेवा सोसाइटी इन्टरनेसनल युएसएका प्रतिनिधि दलजित सिंह सरदारले कार्यक्रमका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
सो अवसरमा गुरुद्धारा श्री गुरुनानक सिंह सभा नेपालगञ्जका सचिव अमरजित सिंह सरदार, कोषाध्यक्ष जोगिन्दर सिंह सरदार, कानुनी सल्लाहकार तथा प्रवक्ता सुरेन्द्रसिंह सरदार एवं सदस्यहरु चरनजित सिंह सरदार र हरप्रितसिंह सरदार लगायतले पनि खालसा साजना दिवस र बैशाखी पर्वको ईतिहास र महत्वका बारेमा प्रकाश पार्नु भएको थियो ।
सो अवसरमा पत्रकारहरु जे पाण्डे, सिराज खान, मनीराम शर्मा, शुक्रऋषि चौलागाई, शंकर खनाल र रुपा गहतराजले पनि खालसा साजना दिवसको शुभकामना व्यक्त गर्नु भएको थियो ।
त्यहाँ उपस्थित पत्रकारहरुलाई गुरुद्धारा श्री गुरुनानक सिंह सभा नेपालगञ्जको तर्फबाट खादा ओढाएर सम्मान समेत गरिएको थियो ।
सन १६९९ मा गुरु गोबिंद सिंह महाराजले बैशाखीको दिनमा आनन्दपुर साहिबमा खालसा पंथ र पंज प्यारे सिंहलाई सजाउनु भएको थियो । सोही दिनदेखि यस दिनलाई खालसा साजना दिनको रुपमा मनाईंदै आईएको छ ।
यस दिनलाई गुरु नानकको जमानाबाट बैशाखीको रुपमा मनाईंदै आएको थियो । गुरु अमर दासको समयमा जोड़ मेलाको रूपमा पनि मनाइने गरिएको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *