१३ बैशाख २०८१, बिहीबार

नेपालगञ्जमा पहिलो न्युरो अस्पताल सञ्चालनमा आयो

नेपालगञ्जमा पहिलो न्युरो अस्पताल सञ्चालनमा आयो

सिराज खान
नेपालगञ्ज, माघ ३ गते । न्युरो सम्बन्धी समस्याका लागि पश्चिम नेपालमै पहिलो पटक नेपालगञ्जमा न्युरो अस्पताल सञ्चालनमा आएको छ । नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जका न्युरो सर्जन डा जोशन न्यौपानेको नेतृत्वमा नेपालगञ्ज न्युरो ट्रमा एन्ड मल्टि इस्पेसियालिटी सेन्टरको नाममा सोमवारदेखि न्युरो अस्पताल सञ्चालनमा ल्याइएको हो ।
नेपालगञ्ज न्युरो ट्रमा एन्ड मल्टि इस्पेसियालिटी सेन्टरमा मस्तिष्क, नशा तथा मेरुदण्डका समस्या सम्बन्धी सबै उपचार शुरु गरिएकोे उक्त सेन्टरका प्रमुख डा। जोशन न्यौपानेले बताउनुभयो । उहाँले यसरी न्युरोसम्बन्धी उपचारलाई लक्षित गरेर विशेषज्ञ सेवा दिने असपताल पश्चिम नेपालमै पहिलो भएको बताउनुभयोे ।
सो सेन्टरमा न्युरो सम्बन्धी उपचारका साथै फिजिसियन सेवा, यौन तथा छाला रोग र हाड जोर्नी सम्बन्धी लगायतका अन्य उपचार समेत गरिने डा। न्यौपानेले बताउनुभयो । फिजिसियन सेवा अन्तर्गत छाती, मुटु, कलेजो, फोक्सो, पेट, प्रेसर, सुगर, थाइराइड, युरिकएसिडलगायतका उपचार हुने बताइएको छ ।
छाला रोगतर्फ कुष्ठरोग, यौन तथा सौन्दर्य सम्बन्धि रोग र हाडजोर्नी सम्बन्धी सबै प्रकारका उपचार गरिने उहाँले जानकारी दिनुभयो । सो न्युरो ट्रमा एन्ड मल्टि इस्पेसियालिटी सेन्टरमा डा न्यौपानेसहित फिजिसियन डा शंकर केसी, छाला तथा यौन रोग विशेषज्ञ डा अनिशा उप्रेती र हाडजोर्नी विशेषज्ञ डा बसन्त सापकोटाको टिमले बिरामीलाई सेवा प्रदान गर्नुहुनेछ ।
पछिल्लो समय आएर नेपालगञ्जमा स्वास्थ्य सम्बन्धी विभिन्न बिशेषज्ञ सेवाका अस्पताल खुल्नेक्रम बढेको छ भने सञ्चालनमा रहेका अस्पतालहरुमा समेत विभिन्न प्रकारका आधुनिक उपचार सेवाहरु शुरु गरिएका छन् ।( गोरखापत्र अनलाइनबाट साभार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *