१४ बैशाख २०८१, शुक्रबार

नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध बृहत्त पैदल मार्च, सयौंको प्रतिवद्धता

नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध बृहत्त पैदल मार्च, सयौंको प्रतिवद्धता

नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, २३ मंसिर । भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा नेपालगञ्जमा बृहत्त पैदल मार्चको आयोजना गरिएको छ । भ्रष्टाचार विरुद्ध संगै हिंडौ भन्ने मुख्य सन्देशका साथ आयोजना गरिएको सो पैदल मार्चमा सयौंको सहभागिता रहेको थियो । मार्चमा सहभागि सबैले भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।
भ्रष्टाचार विरुद्ध लामो समयदेखि अभियान चलाउँदै आएको बागेश्वरी असल शासन क्लबको आयोजना र अन्तराल नेपालगञ्जको व्यवस्थापनमा विहिबार विहान सो पैदल मार्चको आयोजना गरेर सचेतना अभियान सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।
विभिन्न प्लेकार्डहरु बोकेर स्थानीय विपि चोकबाट शुरु गरिएको सो पैदल मार्च धम्बोझी चोक हुँदै सेतु विक चोक पुगेर बौद्ध गुम्बा नजिक पुगेर समापन भएको थियो ।

पश्चिम नेपालमै पहिलो पटक यस्तो प्रकारको बृहत्त पैदल मार्चको आयोजना गर्नुको मूख्य उद्देश्य भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने रहेको बागेश्वरी असल शासन क्लब नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बताउनुभयो ।
उहाँले भ्रष्टाचार बिरुद्ध जागरण ल्याउने र नेपालगञ्जको पहिचानलाई व्यापकता दिने उद्देश्यका साथ सो पैदल मार्च सम्पन्न गरिएको जनाउनुभयो ।
उक्त पैदल यात्रामा विभिन्न सरकारी, गैर सरकारी निकायका प्रमुखहरु ल्गायत संघसंस्थाका प्रमुख, विद्यार्थि र सर्वसाधारणको सहभागिता रहेको थियो ।
सो पैदल यात्रामा साँस्कृतिक प्रस्तुती, झाँकी प्रदर्शन, सडक नाटक, पर्चा, पम्लपेट समेत बितरण गरिएको थियो ।
सो पैदल यात्रामा चर्चित गायक प्रकाश सपुतको पनि सहभागिता रहेको थियो । उहाँले समापनको अवसरमा आयोजित कार्यक्रममा भ्रष्टाचार विरुद्ध चेतना जगाउने विभिन्न गितहरु गउनु भएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले भ्रष्टाचार नियन्त्रणमा सबैको साझा प्रतिवद्धता र सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले हरेक नागरिकलाई सो बारेमा सचेत पारेर भ्रष्टाचार नगर्ने र नगर्न दिने भन्ने प्रकारको शिक्षा र तालिम दिनुपर्ने जनाउँदै जिल्लामा आफुले भ्रष्टाचार हुननदिन विभिन्न प्रयासहरु गरिरहेको बताउनुभयो ।
सो बृहत्त पैदल यात्रामा सहभागि वरिष्ठ पत्रकार पुर्णलाल चुकेले यस्ता पैदल यात्रा र कार्यक्रमले भ्रष्टाचार विरुद्धको अभियानमा ठुलो टेवा पुग्ने जनाउँदै सबैलाई होसियार समेत गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *