१६ चैत्र २०८०, शुक्रबार

नेपालगञ्जमा ३९ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने

नेपालगञ्जमा ३९ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत २१ । नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले टाइफाइड रोगविरुद्धको खोप अभियानमा लक्षित उमेरका कोही पनि बालबालिका छुट्न नहुने कुरामा सबैलाई सचेत र जागरुक पार्ने कार्य गरिरहेको छ । सो क्रममा उपमहानगरको स्वास्थ्य शाखाले सोमवार पत्रकारहरुसंग अन्तरक्रिया गरेर उक्त सम्बन्धमा प्चार प्रसार गरेर सहयोग गरिदिन आग्रह गरेको छ ।
सो अवसरमा नेपालगञ्जमा ३९ हजार जना बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने पालिका नेपालगञ्ज उपमहानगर कार्यालयका हेल्थ असिस्टेन्ट तेजबहादुर ओलीले बताउनुभयो । सो अभियान २३ चैतदेखि २८ गतेसम्म सञ्चालन गर्ने जानकारी पनि उहाँले दिनुभयो । ओलीका अनुसार नगरका २३ वटै वडामा गरी १५ देखि ५९ महिनाका बालबालिका १० हजार ३२५ जना र ५–१५ वर्षसम्मका २८ हजार ९०१ जनालाई खोप लगाउने लक्ष्य छ । नगरमा सबैभन्दा बढी खोप वडा नं ४ मा २ हजार ८०९ र वडा नं १८ मा २ हजार ५१५ जनालाई र सबैभन्दा कम वडा नं २३ मा ४२० जनालाई लगाइनेछ ।
टाइफाइड संक्रमण सबै उमेर समूहमा हुने तर १५ वर्ष मुनिका बालबालिकामा करिब ११ गुणा बढी संक्रमण भएको पाइएको छ । पाटन एकेडेमी फर हेल्थ साइन्सले गरेको एक अध्ययन अनुसार, प्रति १ लाख जनसंख्यामा एक हजार ६२ मा टाइफाइड संक्रमण भएको र १५ वर्ष मुनिका प्रति १ लाख जनसंख्यामा १० हजार ९६० व्यक्तिलाई टाइफाइड संक्रमण भएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *