४ बैशाख २०८१, मंगलवार

नेपालगञ्जलाई शिलान्यास नै शिलान्यास र विकास नै विकासको सहर बनाउनेछु–पुर्वमन्त्री राई

नेपालगञ्जलाई शिलान्यास नै शिलान्यास र विकास नै विकासको सहर बनाउनेछु–पुर्वमन्त्री राई

नेपालगञ्जपाटी विशेष समाचार
नेपालगञ्ज, कात्तिक २३ । बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुर्वमन्त्री मोहम्मद इश्तियाक राईले नेपालगञ्ज र सो वरिपरिको क्षेत्रलाई शिलान्यास नै शिलान्यास र विकास नै विकासको सहर बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँले भन्नुभयो– जसले जे जति विरोध गरेपनि, जति खिस्सी काटेपनि मैले नेपालगञ्जको विकासका लागि शिलान्यास गर्ने कार्य निरन्तर गरिरहनेछु । यो सहरलाई शिलान्यास नै शिलान्यास र विकास नै विकासको सहर बनाउनेछु ।
यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा बाँके क्षेत्र नम्बर २ को विकासकालागि आफ्ना ‘दश दृष्टि’ सार्वजनिक गर्दै पुर्वमन्त्री राईले आफुले गर्ने कामहरुको दस बुंदा र त्यसको विस्तृत विवरण प्रस्तुत गर्नुभयो । उहाँले जसले जे भनेपनि जे मजाक उडाएपनि आफुले शिलान्यास गर्नुका साथै काम पनि गरेर देखाएको जनाउँदै अहिले विरोधीको मुखमा ताला लागेको बताउनुभयो ।
अन्य दिनको भन्दा निकै अक्रामक रुपमा प्रस्तुत हुनु भएका पुर्व मन्त्री राईले आफ्नो भिजन र योजना प्रस्तुत गर्नुका साथै अधिकांश समय राप्रपाका महामन्त्री धवल शमसेरको असली रुप प्रस्तुत गर्नमा खर्चिनु भएको थियो । आफुमाथि लगाईएका अनर्गल आरोप र आफुले गरेको कामलाई मैले गरे भनेर झुठो प्रचार गर्ने राणाले कोभिडको बेला सडेगलेको राशन बाँडेको र १० वर्षसम्म केही पनि नगरेको प्रष्ट पार्दै उहाँले धेरै बेरसम्म सोही विषयमा बोल्नु भएको थियो ।


भ्रष्टाचार र विकासका बारेमा जुनसुकै स्थानमा जो कोहीसंग बहस र छलफल गर्न तयार रहेको चुनौती दिंदै उहाँले दम भए चुनौती स्विकार गरेर आउन खुला आह्वान गर्नुभयो । भ्रष्टाचार गरेको भए अख्तियारमा निवेदन दिन, अकुत सम्पत्ति कमाएको भए सम्पत्ति सुद्धिकरणमा जान विपक्षीलाई चुनौती दिंदै पुर्व मन्त्री राईले अनर्गल र झुठको खेती नगर्न चेतावनी दिनुभयो ।
उहाँले आफुले देशभरिनै सप्लाई गर्ने गरि रिक्साको डिलर लिएको, जग्गा कारोबार गरेर पैसा कमाएको र बैंकबाट करौडौंको ऋण लिएर कुखुरा पालन तथा दाना उद्योग खोलेको जनाउँदै कति व्याज र किस्ता तिरिरहेको छु, बैंकमा गएर सोधपुछ गर्न सबैसंग आग्रह गर्नुभयो । उहाँले राजनिति गर्नका लागि व्यवसाय गरेको प्रष्ट पार्दै व्यवसायका लागि राजनिति नगरेको बताउनुभयो ।
सो अवसरमा पुर्वमन्त्री राईले बाँके क्षेत्र नं २ को समग्र विकास र नागरिकको समृद्धिका लागि विभिन्न दश बुँदामा समेटिएका क्षेत्रगत विकासका दृष्टिहरूमा यहाँको स्वास्थ्य, शिक्षा, भौतिक निर्माण, युवा, खेलकुद, सामाजिक सुरक्षा, महिलालगायतका विषयहरू समेटिएका छन्।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *