समाचारदाता
नेपालगञ्ज, असार १ । नेपालगञ्जलाई स्वच्छ, हरियो र सफा सहर बनाउनुपर्नेमा सबै सरोकारवाला एकमत देखिएका छन् । त्यसका लागि उनिहरुले आ आफ्नो ठाउँबाट आवश्यक काम र सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुप ले जिआइजेड एवम् एमडिएम फ्रान्सको सहयोगमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत आयोजना गरिएको स्थानीय सार्वजनिक निजि साझेदारी प्लेटफर्मको बैठकमा सो प्रतिवद्धता जनाईएको हो ।
बी ग्रुपका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा सहभागि अधिकांश वातावरण संरक्षणमा सक्रिय अगुवा लगायत अन्य अधिकांश सरोकारवालाले नेपालगञ्जमा बढी भन्दा बढी बृक्षारोपणसंगै त्यसको संरक्षण र सरसफाईमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
बैठकमा बोल्दै नेपालगञ्ज उपमहानगर वातावरण महाशाखाका प्रमुख प्रकाश डिसीले नेपालगञ्जलाई हरियो र सफा सहर बनाउने उपमहानगरको प्रमुख लक्ष्य रहेको र सोही बमोजिम काम गरिरहेको जनाउँदै सो कार्यमा जनताको सहयोग माग गर्नुभयो ।
हरित अभियानकर्ता हेमन्तराज काफ्लेले आफुले दिनरात नगरमा बृक्षारोपण र विरुवा संरक्षणकै लागि काम गर्दा धेरैले पागल समेत भन्ने गरेको बताउनुभयो ।
यस्तै क्लिन नेपालगञ्ज र ग्रिन नेपालगञ्जका अगुवा डा. विनोद कर्णले नेपालगञ्जलाई सफा र हरियो बनाउन आफुहरु दिनरात खटिएको बताउनुभयो । सो कार्यमा स्थानीय सरकारको सहयोग अहम हुने भएकोले सोतर्फ गम्भीर हुन आग्रह गर्नुभयो ।
अर्का अभियन्ता तेजविक्रम शाहले विषादी विसर्जनमा आफुहरुले अहम भूमिका निर्वाह गरेको स्मरण गराउँदै बृक्षारोपणको अभियान सञ्चालन गरेर यस वर्ष दस हजार बिरुवा रोप्ने बताउनुभयो ।
परियोजना संयोजक इन्द्रजित सुनारले बैठकको सहजीकरण गर्दै वातावरणमैत्री पूर्वाधारको डिजाइन र कार्यान्वयन नगरी सहरलाई द्रुत गतिमा कन्क्रिट गर्दा बढ्दो तापक्रमलाई हेरेर सहरलाई जोगाउन रुखको महत्वपूर्ण भूमिकाको वकालत गर्न र सहरमा छिटो रुख रोप्न प्रोत्साहन गर्ने उद्देश्यले यो बैठक आयोजना गरिएको बताउनुभयो ।
बैठकमा बाँके कवाडी व्यवसायी संघ बाँकेका अध्यक्ष मोहम्मद उमर हलवाई, बाल्मिकी समाजका नेपालका अध्यक्ष जगदिश बाल्मिकी, होटल व्यवसायी संघका सह कोषाध्यक्ष केशव योगी, युवा अगुवाहरु साहिल अन्सारी, ईरशाद राई, जमालुद्दिन अन्सारी लगायतले वातावरण संरक्षणका लागि रुख रोप्ने र संरक्षण गर्ने कार्य गर्नुका साथै फोहोर व्यवस्थापन र प्लास्टिकको प्रयोगमा समेत सचेत रहनु पर्नेमा जोड दिएका थिए ।
परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकीले अत्यावश्यक रूपमा वृक्षरोपणको आवश्यकतासहित नेपालगञ्जलाई स्वच्छ र हरियाली सहरमा परिणत गर्न सबै सरोकारवाला एकमत देखिएको बताउनुभयो ।
Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 5453
Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 5453

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 5453
Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 5453
