४ बैशाख २०८१, मंगलवार

नेपालगञ्जवासीको पहिलो रोजाई म नै हो–पशुपति दयाल मिश्र

नेपालगञ्जवासीको पहिलो रोजाई म नै हो–पशुपति दयाल मिश्र

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख २३ । नेकपा एमालेबाट नेपालगञ्ज उपमहानगरको मेयरका उम्मेदवार पशुपति दयाल मिश्रले जनताको काम गरेको अनुभव र राजनितिक अनुभव दुबै हिसाबले आफुनै नेपालगञ्जवासीको पहिलो रोजाईमा पर्ने दावी गर्नुभएको छ । उहाँले आफ्नो बारेमा विपक्षीहरुले केही अनावश्यक भ्रम फैलाउने काम गरेपनि जनताले उनिहरुको मनसाय बुझीसकेकोले आफुलाई केही फरक नपर्ने बताउनुभयो ।
मेयरका अन्य उम्मेदवार झै उहाँलाई पनि अहिले घरदैलो र मतदाता भेटघाट गर्न भ्याइनभ्याई छ । विहानैदेखि आफ्नो टोल र गाउँमा आउन जनताको फोन आउन थाल्ने र सो क्रम रातीसम्म पनि जारी रहने मिश्रले बताउनुभयो । उहाँले कतिपय ठाउँमा त पुग्न नै नसकिएको जनाउँदे अन्तिमसम्म सबै ठाउमा पुग्ने लक्ष्यका साथ प्रचार प्रसार गरिरहेको बताउनुभयो ।
केही समयअघि मात्रै धेरै जना नेता कार्यकर्ताका साथ एमाले प्रवेश गर्नुभएका मेयरका उम्मेदवार मिश्रसँग राजनीतिको लामो अनुभव छ । ब्यवसायिक पृष्ठभूमीका उहाँसँग बजेटको सहि ठाउँमा सदुपयोग गर्ने र योजनालाई सहि ढंगले पूरा गराउने क्षमता, दक्षता पनि छ । ‘नेपालगन्जले यस पटक मेयरमा एकदमै उपयुक्त उम्मेदवार पाएको छ । पशुपति दयाल मिश्रलाई पाउनु नेपालगन्जबासीका लागि सौभाग्य हो,’ एमालेका केन्द्रिय सदस्य मोहम्मद हारुन हलवाईले भन्नुभयो, ‘यसपाली राम्रो मेयर रोज्न नसक्ने हो भने नेपालगन्जबासीले फेरि दुख पाउनुपर्ने हुन्छ । नेपालगन्ज फेरि पछाडी पर्ने निश्चित छ ।’


अति मिलनसार स्वभाव र सहजताका कारण उहाँ सवै जातजातीको रोजाईमा पर्नु भएको अधिकांशको भनाई छ । हिन्दू, मुस्लिम, शिख, इसाई सवै धर्मावलम्बीक लागि आफुलाई साझा उम्मेदवार बताउनु हुन्छ उहाँ । ‘उपमहानगरको मेयर भनेको सभ्य, सुसंस्कृत, राजनीति बुझेको, जिल्ला, प्रदेश, केन्द्र र अन्तर्राष्ट्रिय स्तरसम्म पहुँच भएको हुनुपर्दछ । यी गुणले भरिपूर्ण आफु बाहेक अरु कुनै उम्मेदवार नेपालगन्जमा छैनन्,’ मेयरका उम्मेदवार मिश्रले भन्नुभयो।
जनताको पीडा बुझ्न सक्नेले विकासको योजना बनाउन र कार्यान्वयन गर्न सक्ने जनाउँदै उम्मेदवार मिश्रले राजनीतिलाई समाजसेवाको रुपमा लिएको बताउनुहुन्छ । उहाँले थप्नुभयो, ‘पैँसा कमाउने नै हो भने ब्यापार, ब्यवसाय गरे भइगो नी, किन गर्नु पर्यो राजनीति ? राजनीति समाजसेवा हो । यसमा नाम र इज्जत हुन्छ पैँसा हुँदैन भन्ने बुझ्नेले हो राजनीति गर्ने ।’
उहाँले मेयरमा विजयी भए निस्वार्थ भावले नेपालगन्जबासीको सेवा गर्ने स्पष्ट पार्नुभयो । ‘म मेयरमा जिते भने मेयर नभई नेपालगन्जबासीको सेवक भएर दिनरात सेवामा खटिने छु,’ उहाँले थप्नुभयो ।
मिश्रले आफुले जारी गरेको प्रतिवद्धता र भिजन तथा योजनाले नेपालगञ्ज सानो समयमै देशकै नमुना र प्रमुख सहर बन्ने दावी पनि गर्नुभएको छ ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *