१४ बैशाख २०८१, शुक्रबार

नेपालगञ्ज इलेक्ट्रोनिक एशोसियसनद्धारा निशुल्क स्वास्थ्य शिविर

नेपालगञ्ज इलेक्ट्रोनिक एशोसियसनद्धारा निशुल्क स्वास्थ्य शिविर

साढे तीन लाखको औषधी वितरण, १३५ को स्वास्थ्य परिक्षण
समाचारदाता
नेपालगञ्ज, पुस १६ । नेपालगञ्ज इलेक्ट्रोनिक एशोसियसनको आयोजनामा नेपालगञ्जमा शनिवार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो । सो शिविर शनिवार दिउँसो वडा नम्बर ८ तांगास्टेशन नजिकको किन्नुराम काशिराम कसौधन वैश्य पंचायती धर्मशालामा सञ्चालन गरिएको थियो ।
उक्त स्वास्थ्य शिविरमा १३५ जना विरामीले निशुल्क स्वास्थ्य परीक्षण गराएको र साढे तीन लाख रुपियाँको औषधी वितरण गर्नुका साथै निशुल्क प्याथोलोजि सेवा समेत प्रदान गरिएको नेपालगञ्ज इलेक्टोनिक एशोसियसन बाँकेका उपाध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक जहाँगिर सैयदले बताउनुभयो ।
उहाँले सो कार्यक्रममा हाडजोर्नी, नशा मेरुदण्ड तथा बाथ रोग विशेषज्ञ डा. सैयद सद्दाम, छाला तथा यौन रोग विशेषज्ञ डा. अनिशा उप्रेती, फिजिशियन डा. सलमान निजाम, नाक कान घाँटी रोग विशेषज्ञ डा. गौरव सुवेदीले बिरामीको निशुल्क परीक्षण गर्नु भएको जनाउनुभयो ।
स्वास्थ्य परीक्षण गराउन आउनु भएका मध्ये अधिकांश विरामी हाडजोर्नी, नशा मेरुदण्ड तथा बाथ रोग र छाला तथा यौन रोगसंग सम्बन्धित रहेको पाईएको थियो ।


उक्त शिविरमा ३ लाख ५० हजार बढीको औषधी निशुल्क वितरण गरिएको र धेरै जनाले निशुल्क प्याथोलोजी सेवा समेत पाएको कार्यक्रमका संयोजक सैयदले बताउनुभयो । कार्यक्रममा चिरायु डाइग्नोष्टिक एण्ड हेल्थ केयर सेन्टरले निशुल्क प्याथालोजि सेवा उपलब्ध गराएको थियो ।
यसअघि सो स्वास्थ्य शिविरको उदघाटन नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले गर्नुभएको थियो । उहाँले जनतालाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनु निकै सराहनीय काम भएकोले यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कशौधन बैश्य समाजका अध्यक्ष नन्दलाल वैश्य, मानवअधिकारकर्मी प्रभात कुमार ठकुरी, नेपालगञ्ज इलेक्टोनिक एशोसियसन बाँकेका उपाध्यक्ष जहाँगिर सैयद लगायतले दिनदिनै स्वास्थ्य सेवा मंहगो र पहुँच बाहिर हुँदै गएकोले यस्ता कार्यक्रमको अतिनै महत्व भएको बताएका थिए ।
कार्यक्रममा चिकित्सकहरु डा. उप्रेती, डा. सैयद, डा. निजाम र डा. सुवेदीलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो भने अन्य अतिथिलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा वडा नम्बर ८ का वडा सदस्य निखिल कसौंधन, नेपालगञ्ज इलेक्टोनिक एशोसियसन बाँकेका संस्थापक अध्यक्ष चोलराज श्रेष्ठ, वर्तमान सचिव सत्यनारायण कसौधन, निर्माण व्यवसायी संघ बाँकेका अध्यक्ष टेक बहादुर खड्का र दत्त प्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *