६ बैशाख २०८१, बिहीबार

नेपालगञ्ज औद्योगिक करिडोरका उद्योगी व्यवसायी र उद्योग मन्त्रालयविच छलफल

नेपालगञ्ज औद्योगिक करिडोरका उद्योगी व्यवसायी र उद्योग मन्त्रालयविच छलफल

नेपालगञ्ज पाटी समाचार
नेपालगञ्ज, कात्तिक १२ । नेपालगञ्जको औद्योगिक करिडोरका उद्योगी, व्यावसायी र उद्योग मन्त्रालयका प्रतिनिधिविच उद्योगीका समस्याका बारेमा यहाँ एक छलफल तथा अन्तरक्रिया गरिएको छ ।
औद्योगिक करिडोरका उद्योगी, व्यावसायीहरुका समस्या र समाधानका विषयमा सो छलफल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना र नेपालगन्ज उद्योग वाणिज्य संघको सह–आयोजनामा गरिएको संघले जनाएको छ ।
नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ज्यूको अध्यक्षतामा सम्पन्न भएको सो छलफलमा उद्योगीहरुले भोग्नु परेका समस्याका साथै औद्योगिक करिडोरका लागि सरकारले गर्नु पर्ने कामको बारेमा जानकारी गराईएको संघका महासचिव चिरन्जीवि ओलीले बताउनुभयो ।

उहाँले उद्योग मन्त्रालयका सचिव अर्जुन प्रसाद पोख्रेलले उद्योगी व्यवसायीका समस्याहरुलाई गम्भीरतापुर्वक लिएको जानकारी गराउनुका साथै समाधानका लागि हर सम्भव पहल गर्ने प्रतिवद्धता जनाउनु भएको बताउनुभयो ।
कोरोना कम हुँदै गएपछि सरकारले उद्योगी व्यवसायीका समस्या बुझ्ने कार्यको थालनी गरेको पनि मन्त्रालयका सचिव पोख्रेलले जानकारी गराउनु भएको संघले जनाएको छ ।
सो कार्यक्रममा नेपालगञ्जका उद्योगी, व्यावसायीहरुको बाक्लो उपस्थिति रहेको थियो भने सहभागि अधिकांश उद्योगी व्यवसायीले कोरोनापछि सरकारले राहात र सहयोगका विभिन्न प्याकेज ल्याउनु पर्ने माग पनि गरेका थिए ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *