७ बैशाख २०८१, शुक्रबार

नेपालगञ्ज वडा नम्बर १२ मा चिडिमारको सभापतित्वमा काँग्रेसको वडा समिति निर्विरोध निर्वाचित

नेपालगञ्ज वडा नम्बर १२ मा चिडिमारको सभापतित्वमा काँग्रेसको वडा समिति निर्विरोध निर्वाचित

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २७ कात्तिक । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत् नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ को वडा समिति पुरै निर्विरोध भएको छ । सो समतिको सभापतिमा रामु चिडिमार लगायत सम्पुर्ण पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
शनिवार भएको उम्मेदवारी मनोनयनमा सभापति लगायत वडा समितिका सबै पदमा एक एक जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । चिडिमारको नेतृत्वमा ३२ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । चिडिमार यसअघि पनि वडा सभापति थिए ।
त्यस्तै वडा समितिको उपसभापतिमा दिपेश श्रेष्ठ र बाबुराम साहु, सचिवमा विकास बज्राचार्य र शुकराम चिडिमार तथा सह सचिबमा भरत बहादुर पौडेल र हरिश चिडिमार निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा रबी गिरीसहित अन्य २५ सदस्य निर्बिरोध निर्बाचित भएका छन् ।
क्षेत्रीय प्रतिनिधिमा भने सहमति हुन नसकेको र सहमतिको प्रयास भइरहेको काँग्रेसका नेता अजितकुमार शर्माले बताउनुभयो । १५ प्रतिनिधि निर्वाचित हुनुपर्नेमा १९ जनाको उम्मेदवारी परेको जनाउँदै उहाँले निर्विरोध गर्ने प्रयास भैरहेको बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *