१२ बैशाख २०८१, बुधबार

नेपाली कांग्रेस बांके क्षेत्र न २ क का उपसभापति मनोज चौधरी जसपामा प्रवेश

नेपाली कांग्रेस बांके क्षेत्र न २ क का उपसभापति मनोज चौधरी जसपामा प्रवेश

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख १० । स्थानीय तहको निर्वाचनको मुखमा आएर विभिन्न पार्टीका नेता कार्यकर्ताहरुले दल बदल्ने क्रम बाँकेमा पनि तिव्र रुपमा अगाडी बढेको छ । केही दिन पहिले मात्रै माओवादी केन्द्र नेपालगञ्जका सहसचिव व्यापारी नेता नन्दलाल वैश्य राप्रपामा प्रवेश गरे भने टिकेट नपाएको झोकमा जसपाबाट रमारानी वैश्यले राप्रपा नेपाल रोज्नुभयो ।
सोही क्रमलाई जारी राख्दै शनिवार डुडुवा गाउँपालिकामा ठुलो उलटफेर भएको छ । पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईको प्रयासले नेपाली काँग्रेसका पुराना नेता तथा बांके क्षेत्र न २ क का उपसभापति डुडुवा २ निवासी मनोज कुमार चौधरी जसपामा प्रवेश गर्नु भएको छ ।

चौधरीलाई एक कार्यक्रमका विच पुर्वमन्त्री राईले जसपाको सदस्यता प्रदान गरेर पार्टी प्रवेश गराउनुभयो । सो अवसरमा डुडुवाबाट अध्यक्षका उम्मेदवार भण्डारीलाल यादवले पनि चौधरीलाई स्वागत गर्नु भएको थियो ।
सो अवसरमा चौधरीले जसपाले डुडुवामा स्थानीय सरकार बनाउने निश्चित देखिएको जनाउँदै जसपाको कुनै विकल्प नरहेको दावी गर्नुभयो । पुर्वमन्त्री राईले निर्वाचन अभियानलाई आफै नेतृत्व गरेर अगाडी बढाउनु भएको छ ।
शनिवारनै एमालेबाट रेशम न्यौपानेको नेतृत्वमा धेरै जना जसपामा प्रवेश गरेका थिए । उहाँहरुलाई पनि पुर्वमन्त्री राईले प्रवेश गराउनु भएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *