१३ बैशाख २०८१, बिहीबार

नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीको बैठक आज अपरान्ह नेपालगञ्जमा हुने

नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीको बैठक आज अपरान्ह नेपालगञ्जमा हुने

सिराज खान
नेपालगञ्ज, ७ पुस । नेपाल भारत सीमा क्षेत्रका दुबै तर्फका विभिन्न जिल्लाहरुका उच्च पदस्थ सुरक्षा अधिकारीहरुको सयुंक्त बैठक बुधवार अपरान्ह नेपालगञ्जमा हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार भारतीय पक्षको आग्रहमा सो सुरक्षा बैठकको आयोजना गरिएको हो ।
भारतका ७ जिल्ला र नेपालका ८ जिल्ला गरी नेपाल–भारतका १५ जिल्लाका सुरक्षा अधिकारीहरुको सयुंक्त बैठकको आयोजना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताउनुभयो ।
सो बैठकमा भारतीय पक्षबाट गोरखपुर क्षेत्रका अतिरिक्त महानिरिक्षक अखिल कुमार, देबीपाटन क्षेत्रका डिआईजी उपेन्द्र कुमार अग्रवाल, महाराजगञ्ज जिल्लाका क्षेत्रका डिएम शैलेन्द्र कुमार र एसपी प्रदिप गुप्ता, सिदार्थनगर जिल्लाका डिएम दिपक मिना र एसपी एसभिर सिंह, बलरामपुर जिल्लाका डिएम श्रीमती श्रृती र एसपी हेमन्त कुटियाल, श्रावस्ती जिल्लाका डिएम नेहा प्रकाश र एसपी अरबिन्द कुमार मौर्य, बहराइच जिल्लाका डिएम दिनेशचन्द्र र एसपी श्रीमती सुजता सिंह, लखिमपुर जिल्लाका डिएम महेन्द्र बहादुर सिंह र एसपी संजिव कुमार सिंह, पिलिभित जिल्लाका डिएम पुलकित खरी र एसपी दनेश कुमार, एसएसबी अधिकारीहरुमा सम्वन्धीत जिल्लाका कमाण्डरहरु बर्जित सिंह, मनोज कुमार सिंह, अमित सिंह, अशोक बिश्वास, उपेन्द्र कुमार रावत, रबिन्द्र कुमार राज्यश्वरी, सर्वजित सिंह, दपन कुमार दास, दामोदर प्रशाद मिना, यतिन नेगी, मुन्ना सिंह र गोबिन्द सिंह लगायतका अधिकारीहरुको सहभागीता रहने छ ।
त्यसैगरी नेपालको तर्फबाट लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका जिल्ला भारतसंग छोएका जिल्ला बांके, बर्दिया, कैलाली, कञ्चनपुर, दांग, कपिलबस्तु, रुपन्देही र पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी, शसस्त्र र जनपद प्रहरी प्रमुखहरु, राष्ट्रिय अनुसन्धान बिभागका जिल्ला प्रमुखहरुको सहभागीता रहने भएको छ ।
बैठकमा नेपाल–भारत सिमा क्षेत्रका जनमानसमा सुमधुर सम्वन्ध निरन्तर कायम राख्न दुबै क्षेत्रका अधिकारीहरुले बिशेष ध्यान दिनुपर्ने, सिमाक्षेत्रमा बढदो अपराधहरु नियन्त्रणका लागी लागुऔषध तथा अबैध ओसार–पसार, मानवबेचविखन, सिमा क्षेत्रमा एक अर्को राष्ट्र प्रति गर्न सक्ने अबाञ्छीत क्रियाकलाप लगायत हालसम्म दुबै पक्ष बीच भए गरेको सहमतिहरुको पनि समिक्षा गरिने जनाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *