१६ चैत्र २०८०, शुक्रबार

पशुपति दयाल मिश्र ठुलो संख्यामा नेता कार्यकर्तासहित एमालेमा प्रवेश गर्दै

पशुपति दयाल मिश्र ठुलो संख्यामा नेता कार्यकर्तासहित एमालेमा प्रवेश गर्दै

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ३० कात्तिक । गत प्रतिनिधिसभाको निर्वाचनमा एमालेको सुर्य चिन्हबाट उम्मेदवार बन्नु भएका पशुपति दयाल मिश्रसहितको नेता कार्यकर्ताहरुको टोलीले औपचारिक रुपमा एमालेमा प्रवेश गर्न थालेको छ ।
उहाँहरुको पार्टी प्रवेश कार्यक्रम मंसिर १ गते तय गरिएको र सो कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली रहनु हुने एमाले बाँकेले जनाएको छ ।
मिश्र स्वयंले दुई साता पहिलेदेखिनै पार्टी प्रवेशको तयारी भैरहेको तथा पार्टी प्रवेश गर्नेहरुको सुचि तयार भैरहेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आउनु भएको छ ।
उहाँले तीन हजार नेता कार्यकर्ताहरुसहित एमालेमा प्रवेश गर्ने कुरा पनि आफै सार्वजनिक गर्नुभएको छ ।
मंसिर १ गते पार्टी अध्यक्ष ओलीले नेपालगञ्जस्थित मिश्रकै मेरो प्लानेटमा नवप्रवेशीलाई सदस्यता दिने कार्यक्रम तय भएको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले बताउनुभयो ।
नेता मिश्रसहित साबिकको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य अब्दुल करिम खान, साबिक तमलोपाका जिल्ला अध्यक्ष गिरिजाप्रसाद पाठकलगायतका विभिन्न पार्टीका ३ हजार नेता कार्यकर्ता पार्टी प्रवेश गर्ने जानकारी मिश्रले गराएको अध्यक्ष गुरुङले बताउनुभयो ।
गत निर्वाचनमा एमालेको चुनाव चिन्हबाट उम्मेदवार भएर मिश्र मोहम्मद ईस्तियाक राई सगँ ५६२४ मतले पराजित हुनु भएको थियो । सो निर्वाचनपछि निरन्तर एमालेसंग नजिक रहनु भएका उहाँले अहिले पार्टी प्रवेश गर्न लाग्नु भएको हो ।
एमाले विभाजनको प्रभाव घटाउन बाँकेमा मिश्रसहितको टोलीलाई औपचारिकरुपमा भित्र्याउने तयारी गरेको र बाँकेमा एमालेलाई थप सशक्त बनाउने अभियानमा आफुहरु लागेको एमालेका जिल्ला अध्यक्ष गुरुङले प्रष्ट पार्नुभयो ।
तर, मिश्रसहितका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेपनि सत्ता गठबन्धनका दलहरुले गठबन्धन गरेर निर्वाचनमा सहभागि भएभने सो प्रवेशको कुनै प्रभाव नपर्ने नेपाली काँग्रेसका एक नेताले बताएका छन् । उनले दलहरु एक्ला एक्लै निर्वाचनमा सहभागि भएपनि नेकपा र एमाले दुबै विभाजित भैसकेकोले अबको नतिजा एमालेको पक्षमा आउने संभावना अति न्युन रहेको दावी गरे ।
उता, मिश्रको प्रवेशबाट बाँकेको निर्वाचनमा ठुलो उलटफेर गर्ने दावी एमालेले पनि गरेको छ ।
मिश्रको एमाले प्रवेशबाट जनता समाजवादी पार्टीलाई कुनै पनि प्रभाव नपर्ने र मधेशीको नाममा राजनिति गर्नेको असली रुप जनताले थाहा पाएकोले जसपा झन बलियो हुने जसपा बाँकेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *