६ बैशाख २०८१, बिहीबार

पहिलो प्राथमिकता शिक्षा त्यसपछि पुर्वाधार, सरसफाई र ट्राफिक व्यवस्थापन–उपमेयर कमरुद्दीन राई

पहिलो प्राथमिकता शिक्षा त्यसपछि पुर्वाधार, सरसफाई र ट्राफिक व्यवस्थापन–उपमेयर कमरुद्दीन राई

नेपालगञ्ज, जेठ २६ । नेपालगञ्ज उपमहानगरमा भर्खरै सम्पन्न निर्वाचनबाट उपमेयरमा विजयी हुनुभएका जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दीन राईको उपमहानगरको आगामी बजेट लगायत समसामयिक विषयमा लिईएको ताजा धारणा यहाँ प्रस्तुत गरिएको छ ।
नीति तथा कार्यक्रमको तयारीमा जुट्नु भएको छ, प्राथमिकता के हुन् ?
अहिले पहिलो प्राथमिकता शिक्षामा रहनेछ । सरकारी स्कुलको शिक्षा अहिले रुग्ण अवस्थामा छ । सरकारी स्कुलको शिक्षा दयनीय अवस्थामा रहेका कारण हामीले त्यसबारे छलफल गरेका छौं । शिक्षा सुधारका लागि पाँच सदस्यीय टिम बनाउने पनि निर्देशन भएको छ ।
पाँच सदस्यीय समितिमा रहेका प्रधानाध्यापकहरुलाई हामीले शिक्षा सुधार गर्न र बालबालिकाको भविष्यमाथि खेलवाड नहुने गरी योजना ल्याउन भनेका छौं । धम्बोझी स्कुलको नाम छ किन ? अरु विद्यालय त्यस्तो किन भएनन् ? के छ आवश्यकता भन्ने सुझाव ल्याउन समितिलाई निर्देशन दिएको छु । भारतको दिल्लीमा मुख्यमन्त्रीले शिक्षामा गरेको सुधारको विश्वव्यापी चर्चा छ । के गरेर त्यहाँ सुधार भयो ? नेपालगन्जको धम्बोझी स्कुलमा के भएर स्कुल सुधार भयो त ? धम्बोझीमा भर्नाका लागि विद्यार्थीको लाइन लागेको हुन्छ । हामीलाई धम्बोझीमा भर्ना गराइदिनु पर्यो भनेर सोर्स लगाउन फोन आउँछन् । त्यसकारण एक नम्बरमा स्कुलहरु सुधार गर्ने निर्णय भएको छ ।
सडक, नाला लगायतका भौतिक पूर्वाधारका संरचनामा प्राथमिकता कम गरिंदै हो ?
होइन, धेरै काम गर्नुपर्नेछ पूर्वाधारमा । बाटो, घाटो, पूर्वाधारको काम पनि चलिरहन्छ । हाम्रै पाँच बर्षे कार्यकालमा उपमहानगरपालिकाको बजटबाट मात्रै पूर्वाधारको काम सकिन्छ भन्न सकिंदैन । प्रदेश र संघीय सरकार पनि गुहार्नु पर्ने अवस्था छ ।
यसअघिका जनप्रतिनिधिले बजार क्षेत्र मात्रै हेर्नुभयो । अब हाम्रो प्राथमिकता भनेको जुन गाविस नेपालगन्जसँग जोडिएका छन् तिनलाई नेपालगन्ज उपमहानगरपालिका हो भनेर महसुस गराउनका लागि ध्यान जान्छ । ११ वटा गाविस जोडिएर उपमहानगरपालिका बनेको हो । त्यहाँको पूर्वाधार विकासमा हाम्रो प्राथमिकता रहन्छ । उपमहानगरपालिका भित्रका गाउँले वस्तीलाई सहरसँग जोड्ने कुरा पहिलो प्राथमिकता । हामी सर्वे गराएर कसरी नेपालगन्जसँग पूर्व गाविसहरुलाई जोड्ने भन्ने योजना बनाउँछौं ।


बजेटले सम्बोधन गर्ने गरि अर्को प्राथमिकता के मा हो ?
अर्को भनेको नेपालगन्जको ट्राफिक कसरी व्यवस्थापन गर्ने ? भिडभाड कसरी कम गर्ने भन्नेमा रहन्छ । र, ठूलो गाडीहरुको चाप नेपालगन्जको भित्री बजारहरुबाट कसरी कम गर्न सकिन्छ, त्यतातिर पनि हामी हाम्रो ध्यान जान्छ । यसको मतलब कतैतिर रिंगरोड जोड्नु छ, कतैतिर बनाउनु छ, त्यसमा हाम्रो ध्यान जान्छ । रिंगरोडमा जानै पर्दछ नत्र ४÷५ बर्षमा नेपालगन्जले धान्नै सक्दैन ।
गतिलो ट्राफिक व्यवस्थापन र पार्किङ कतै पनि छैन । त्यसैले हामी त्यसको व्यवस्थापनमा पनि लागि परेका छौं । हाम्रो बजेटले पार्किङ भ्याइरहेको छैन । अब प्रदेश वा संघीय सरकारसँग बजेट मागेर पनि अण्डर ग्राउण्ड पार्किङ र माथि पार्कको व्यवस्था गर्नमा ध्यान जानेछ । त्यसका लागि जग्गा खोज्दैछौं ।
वर्षात् नजिकिंदै छ, नाला त बने तर निकास गतिलो छैन । कसरी होला त नेपालगन्ज डुबानमुक्त ?
सबैभन्दा पहिलो काम नै हामीले नाला सरसफाईबाट सुरु गरेका छौं । सबै नाला सरसफाईको काम सुरु भएको छ । मुहान बन्द भएका ठाउँ खोल्ने, सरसफाई गर्ने, वडाबाट साना गल्लीका नाली सफा गर्ने, ठूला नाली उपमहानगरपालिकाले सफा गर्ने काम भैरहेको छ ।
सरसफाईमा पनि हाम्रो ध्यान जानेछ । तर, पहिलो प्राथमिकता भनेको बर्षात् अघि नाला सरसफाई सक्ने हो । नाला सरसफाई गरिसकेपछि अर्को काम गर्नेछौं ।
अर्को काम भन्नाले सरसफाईको कुरा, फोहर व्यवस्थापनलाई भन्न खोज्नु भयो की ?
हो । फोहोर मैला उठाउने, सरसफाईमा सबै जनप्रतिनिधिले ध्यान दिइरहेका छौं । उपमहानगरपालिकामा बिग्र्रेका फोहोर उठाउने साधनहरु बनाएका छौं ।
सरसफाई नगरबासीको पनि दायित्व हो । फोहोरमैलाको व्यवस्थापनमा उहाँहरुले साथ दिनुपर्दछ । आफ्नो घरठाउँ आफै सफा गर्नुपर्दछ । त्यो सोंच नेपालगन्जबासीको आयो भने हामी सफल हुन्छौं । ( नेपालगञ्ज न्युज डटकमबाट साभार)


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *