४ बैशाख २०८१, मंगलवार

पाँच वर्षमा कोहलपुरलाई शिक्षाको क्षेत्रमा नमुना बनाउने नगरपालिकाको संकल्प

पाँच वर्षमा कोहलपुरलाई शिक्षाको क्षेत्रमा नमुना बनाउने नगरपालिकाको संकल्प

नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, कात्तिक २२ । कोहलपुर नगरपालिकाले अवको पाँच वर्षभित्र नगरभित्रका सबै विद्यालयहरुलाई भौतिक पूर्वाधार र शिक्षक एवम् कर्मचारीका हिसावले अभावमुक्त बनाउने संकल्प लिएको छ ।
‘गुणस्तरीय शिक्षाका लागि प्रर्याप्त लगानी, पूर्वाधार र संरचना, पश्चिम नेपालकै शैक्षिक हवको रुपमा हाम्रो नगरको स्थापना’ भन्ने मुख्य थिमसहित अवको पाँच वर्षमा नगरपालिकालाई शिक्षामा नमूना कोहलपुर बनाउने संकल्प लिएको हो । नगरपालिकाले पाँच वर्षभित्र गर्नुपर्ने २५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेर सो जनाएको छ ।
उक्त योजनामा नगरपालिकास्तरीय आवधिक शिक्षा योजना निर्माण गरी कार्यान्वयनमा ल्याउने, नगरपालिकास्तरीय शिक्षा ऐन र नियमावली आवश्यकता अनुसार संशोधन एवम् प्रभावकारीरुपमा कार्यान्वयन गर्ने कुरालाई पनि समेटिएको छ । विद्यालयलाई ध्रुमपान, मध्यमान, लागु औषध र जङ्कफुट निषेधित क्षेत्रको रुपमा विकास गरिने छ प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नगरप्रमुख पुर्णप्रसाद आचार्यले भन्नुभयो–‘विद्यालयलाई राजनीतिक हस्तक्षेप एवम् आग्रह पूर्वाग्रहको हिसावले मुक्त क्षेत्रकोरुपमा विकास गरिने छ ।’

विद्यालय व्यवस्थापन समितिको सिफारिसको आधारमा योग्य तथा सक्षम शिक्षकलाई प्रधानाध्यापक बनाउने र प्रधानाध्यापकसँग करार सम्झौता गरी सोही आधारमा स्वतन्त्र रुपमा काम गर्नका लागि सहयोग गरिने नगर प्रमुख आचार्यले स्पष्ट पार्नुभयो।
‘प्रधानाध्यापकका निम्त्ति उनीहरुले खाईपाई आएको तलवको निश्चित प्रतिशतको आधारमा प्रोत्साहन भत्ता थप गरिने छ उहाँले थप्नुभयो–‘उत्कृष्ट गर्ने प्रधानाध्यापकलाई पुरस्कृत गरिन्छ ।’ अव विद्यालयको अनुगमन विज्ञहरु सम्मिलित तेस्रोपक्षले गर्नेछ ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर हमाल, नगरपालिकाका शिक्षाविज्ञ जितबहादुर शाह, नगरपालिकाका शिक्षा शाखा अधिकृत रबिलाल मिजारसहितको टिमले तयार पारेको नगरपालिकाको पञ्चवर्षीय शिक्षाका प्रतिबद्धतामा विद्यालयलाई प्रविधिको हिसावले साधन र स्रोत सम्पन्न बनाउनेदेखि स्मार्ट कक्षा संचालनका लागि योग्य कक्षा कोठाहरु निर्माण गर्नेसम्मको योजनालाई समेटिएको छ ।
त्यस्तै विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र अभिभावकहरुको प्रतिबद्धतालाई समेत समेटिएको शाखा अधिकृत मिजारले बताउनुभयो । उनीहरुकातर्फबाट पनि २५ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *