१४ बैशाख २०८१, शुक्रबार

पुर्वमन्त्री तथा सांसद राईको सिफारिसमा डुडुवामा २५ करोडको सडक निर्माण प्रक्रिया शुरु

पुर्वमन्त्री तथा सांसद राईको सिफारिसमा डुडुवामा २५ करोडको सडक निर्माण प्रक्रिया शुरु

सिराज खान
नेपालगञ्ज, माघ १३ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईको सिफारिसमा बाँकेको डुडुवा गाउँपालिकामा २५ करोडको सडक निर्माँण प्रक्रिया शुरु गरिएको छ । विकास प्रेमी नेताका रुपमा परिचित पुर्वमन्त्री तथा सांसद राईले संघीय भौतिक पुर्वाधार विकास मन्त्रालयलाई सिफारिस गर्नु भएकोले रणनितिक सडक सञ्जाल योजना अन्तर्गत डुडुवामा ठुलो लागतको सडक निर्माण प्रक्रिया शुरु गरिएको छ ।
भौतिक पुर्वाधार विकास मन्त्रालयको रणनितिक सडक सञ्जाल योजनामा रहेको एक निर्वाचन क्षेत्र एक रणनितिक सडक योजना अन्तर्गत बांके जिल्लाको डुडुवा गांउपालिकाको गन्धैली नाला देखि जाफरपुर्वा बेतहनी अमृतपुर्वा दासपुर्वा कैरातीपुर्वा कोल्ही हुंदै रमपुर्वा डुडुवा खोलाको झोलुंगे पुलसम्म पहिलो चरणमा सडक निर्माणका लागि २५ करोड रुपियाँको टेण्डर आहवान गरिएको जनता समाजवादी पार्टी बाँकेले जनाएको छ ।

जनता समाजवादी पार्टी बाँकेका सचिव राजेन्द्र विश्वकर्माले दिनु भएको जानकारी अनुसार वर्षौं देखि हिलो र धुलोको समस्या झेल्दै आएका डुडुवा गाउँपालिकाका हजारौं जनताको समस्यालाई दृष्टिगत गरेर सांसद राईले आफ्नो निर्वाचन क्षेत्रका लागि सडक निर्माणको सिफारिस गर्नु भएकोमा मन्त्रालयले सो सिफारिसलाई स्वीकृत गरेर २५ करोड रुपियाँको पहिलो चरणको टेण्डर आह्वान गरेको बताउनु भयो ।
उहाँले छिटै टेन्डर भर्ने र ठेक्का दिने काम पुरा हुने तथा सडक निर्माण शुरु गरिने जनाउँदै वर्षौं देखि हिलो र धुलोको समस्या झेल्दै आएका सो क्षेत्रका जनतालाई सडक निर्माण भएपछि आवत जावतमा निकै नै सहज हुने बताउनुभयो।
२५ करोडको सडक निर्माण प्रक्रिया शुरु गरिएको जानकारी पाएपछि सो क्षेत्रका जनता निकै खुशी भएको प्रतिक्रिया स्थानीयले दिएको पनि सचिव विश्वकर्माले बताउनु भएको छ । जनता समाजवादी पार्टीको तर्फबाट भौतिक पुर्वाधार विकास मन्त्री रेणु यादव हुनुहुन्छ ।
यसअघि सहरी विकास मन्त्री रहनु भएको बेला राईले जिल्लाको विकासका लागि विभिन्न प्रकारका योजनाहरु लागु गराएर निर्माण समेत गरुाउनु भएको थियो । सोही कारणले उहाँलाई विकास प्रेमी नेताका रुपमा बाँकेमा मात्र नभई देशभरिनै चिनिन्छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
2
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *