१६ चैत्र २०८०, शुक्रबार

पुर्वमन्त्री राईद्धारा नेपालगञ्ज १५ मा मतदान, मतदानमा सहभागि हुन सबैलाई आग्रह

पुर्वमन्त्री राईद्धारा नेपालगञ्ज १५ मा मतदान, मतदानमा सहभागि हुन सबैलाई आग्रह

सिराज खान
नेपालगञ्ज, मङ्सिर ४ गते । पुर्वमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रिय नेता मोहम्मद ईश्तियाक राईले नेपालगञ्ज १५ मा मतदान गर्नुभएको छ । नेपालगञ्ज १५ को मतदान केन्द्रमा मतदान गर्न पुग्नु भएका पुर्वमन्त्री राईले सो मतदान केन्द्रमा सबैभन्दा पहिले मतदान गर्नुभयो ।
उहाँ बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार पनि हुनुहन्छ । मतदानपछि उहाँले सक्षिप्त प्रतिक्रिया दिंदै लोकतन्त्रको एउटा महाकुम्भमा सहभागी भएर मतदान गरि आफ्नो जिम्मेवारी पूरा गरेको जनाउँदै सम्पूर्ण मतदाताहरुलाई लोकतन्त्रको यो सुन्दर महापर्वमा सहभागी भएर बिबेकपूर्ण मतदान गर्न अपिल गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *