७ बैशाख २०८१, शुक्रबार

पुर्वमन्त्री राईले राणालाई बधाई दिंदै भने, विकास समृद्धि र सदभावका लागि सधैं सक्रिय रहनेछु

पुर्वमन्त्री राईले राणालाई बधाई दिंदै भने, विकास समृद्धि र सदभावका लागि सधैं सक्रिय रहनेछु

सिराज खान
नेपालगन्ज, मंसिर ७ । बाँके क्षेत्र नम्बर २ बाट पराजित हुनु भएका जनता समाजवादी पार्टीका केन्द्रिय नेता एवं पुर्व मन्त्री मोहम्मद ईश्तियाक राईले यस पटक आफु पराजित भएपनि बाँके क्षेत्र नम्बर २ को विकास, समृद्धि र सामाजिक सदभावका लागि सधैं सक्रिय रहीरहने प्रतिवद्धता जनाउनु भएको छ ।
मतपरिणाम सार्वजनिक भएर राप्रपाका उम्मेदवार धवल शमसेर राणाले ६ हजार बढी मतले जितेको घोषणा गरिए लगत्तै एक विज्ञप्ती प्रकाशित गरेर पुर्वमन्त्री राईले विजयी हुनु भएका राणालाई बधाई दिंदै आफुले शुरु गरेको सामाजिक सदभाव र एकतासहितको विकास र समृद्धिको अभियानमा साथ र सहयोग गर्ने ठुलो संख्याका मतदाताप्रति पनि हृदयदेखिनै आभार व्यक्त गर्नु भएको छ । उहाँले विजयी हुनु भएका राणाले जनता समक्ष गरेका वाचा र प्रतिवद्धतालाई पुरा गर्न आग्रह समेत गर्नु भएको छ ।
पुर्वमन्त्री राईले निर्वाचनमा उम्मेदवारको जित हार भन्दा पनि जनताको जित हार महत्वपुर्ण हुने जनाउँदै आफ्नो एजेण्डालाई जनताको ठुलो हिस्साले समर्थन गरेकोमा उनिहरुको विश्वासलाई कहिले पनि डगमगाउन नदिने र सधैं विकास, समृद्धि र सदभावका लागि काम गरिरहने विज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।

चौतर्फी घेराबन्दी, षडयन्त्र र अफवाहका विचपनि निर्वाचनमा डटेर उभिनु भएका पार्टीका सबै तह र तप्काका नेता कार्यकर्ता, आम जनता र समर्थक एवं सहयोगीप्रति धन्य रहेको जनाउँदै विज्ञप्तीमा राईले आफ्नो विकास, समृद्धि र धार्मिक सदभाव एवं एकताको अभियानमा आउँदा दिनहरुमा अझ बढी सक्रिय भएर साथ दिनु हुने आशा पनि व्यक्त गर्नुभएको छ ।
विज्ञप्तीको अन्तमा राईले भन्नुभएको छ, सामाजिक सदभाव र एकतासहितको जनसेवा र विकास निर्माणका सन्दर्भमा मेरो अठोट हिजो पनि थियो, आज पनि छ र भोलि पनि शसक्त नै रहीरहनेछ । यो पल्ट सफल हुन नसकेपनि म आफ्नो अभियानबाट कहिलै डगमगाउने छैन । मलाई विश्वास छ आउँदा दिनमा मेरो अभियानको उचित मुल्यांकन भै सार्थक सिद्ध हुनेछ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
2
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *