१५ चैत्र २०८०, बिहीबार

पुर्वाधार मन्त्री राई र काँग्रेस सहमहामन्त्री राठौरद्धारा बाँकेबाट उम्मेदवारी दर्ता

पुर्वाधार मन्त्री राई र काँग्रेस सहमहामन्त्री राठौरद्धारा बाँकेबाट उम्मेदवारी दर्ता

सिराज खान
नेपालगञ्ज, असोज २३ गते । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राई नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले प्रतिनिधिसभाका लागि बाँकेबाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
मन्त्री गहतराज र सहमहामन्त्री राठौरले सत्ता गठबन्धनको तर्फबाट बाँके क्षेत्र नम्बर २ र ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको हो ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री राईले क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जमा र सहमहामन्त्री राठौरले वारेसनामा मार्फत क्षेत्र नम्बर ३ को निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

प्रतिकुल मौसमका विच मन्त्री राई लगायतका उम्मेदवारले आ आफ्ना समर्थक र पार्टीका नेता कार्यकर्ताका साथमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बाँके क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनबाट उम्मेदवार बन्नु भएका नेपाली काँग्रेसका सह महामन्त्री राठौर क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन उपस्थित हुन सक्नु भएन ।
उहाँले वारेसनामा मार्फत बाँके क्षेत्र नम्बर ३ को प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन अधिकृतको कार्यालय खजुराले जनाएको छ ।
गठबन्धनबाट बाँके ३ (क) बाट नेकपा माओवादी केन्द्रका इन्द्रप्रसाद खरेल र ख बाट नेपाली कांग्रेसका बादशाह कुर्मीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट प्रतिनिधिसभामा जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, प्रदेश क बाट रत्नबहादुर खत्री र ख बाट भिमबहादुर वलीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *