१२ बैशाख २०८१, बुधबार

प्याब्सनद्वारा खेलकुद मन्त्री अथकलाई सम्मान

प्याब्सनद्वारा खेलकुद मन्त्री अथकलाई सम्मान

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर ४ । नेपालगन्ज प्याब्सनले शनिवार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकलाई स्वागत तथा सम्मान गरेको छ ।
प्याब्सन नगर अध्यक्ष बिकास बज्राचार्यको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी खेलकुद मन्त्री विशेष अतिथिमा हिसान केन्द्रिय उपाध्यक्ष ईस्वर पोख्रेल, त्रिभुवन बिश्वबिद्धालय सह परिक्षा नियन्त्रक सुमन गौतम एन प्याब्सनका कुसुम रानाभाट रहनु भएको थियो ।
प्रमुख अतिथि मन्त्री अथकले सरकारले निजि क्षेत्रबाट सञ्चालित विद्यालयलाई प्रोत्साहन गर्ने निति ल्याउने बताउनु भयो । उहाँले शिक्षालाई व्यापार मात्र नबनाई विद्यालयलाई देश र असल नागरिक बनाउने थलो बनाउनु पर्नेमा जोड दिनुभयो ।
मन्त्रीले युवाहरूले जागिर खोज्दै हिड्नु भन्दा स्वरोजगार बन्ने सम्भावना खोज्नु पर्ने र हाम्रो देशमै थुप्रै संभावना भएको र तिनको पहल गर्नु पर्ने तथा नेपाल स्काउटलाई सरकारी बिद्यालयलाई मात्र नभैइ प्राईबेट स्कुललाई पनि लग्ने बताउनुभयो ।
कार्यक्रमका अतिथी ईस्वर पोख्रेलले निजि क्षेत्रलाई सरकारले विशेष हेर्नू पर्ने र लगानी मात्र नभैइ निजि क्षेत्र भनेको युवाहरुको रोजगारिताको संभावना बोकेको हुनाले निजि प्रती निकै सहज बन्नु पर्ने बताउनु भयो ।
खेलकुद र विद्यार्थी एक अर्काको परिपुरक भएको र शिक्षा सङ्गै खेल्कुदका लागि पनि जोड दिनु पर्ने उहाँले बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य नरेन्द्र श्रेष्ठले दिएका थिए र कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश सदस्य सुनिल कुमार गुप्ता, एनप्याब्सन कुसुम रानाभाटले मन्त्रीको कार्यकाल सफलताको कामना गरेका थिए । कार्यक्रमको सन्चालन नगर सचिब मान बहादुर थापाले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *