१६ चैत्र २०८०, शुक्रबार

प्रधानन्यायाधीश जबराविरुद्ध सोमवार पनि नेपालगञ्जमा विरोेध प्रर्दशन

प्रधानन्यायाधीश जबराविरुद्ध सोमवार पनि नेपालगञ्जमा विरोेध प्रर्दशन

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २९ कात्तिक । नेपाल बार एशोसिएशनको अगुवाइमा बाँकेका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सोमवार पनि नेपालगञ्जमा प्रर्दशन गरेका छन् । उनिहरुले आइतवार पनि यहाँ विरोध प्रदर्शन गरेका थिए । जबराको राजीनामा मागेर गएको १४ गतेदेखि बारले निरन्तर आन्दोलन गर्दै आएको छ ।
नेपाल बार एशोसिएशन उच्च अदालत बार नेपालगञ्ज र जिल्ला अदालत बारको संयुक्त आयोजनामा बाँके जिल्ला अदालत परिसरमा हातमा कालो पट्टी बाँधेर सोमवार एक घन्टा धर्ना दिएको नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले बताउनुभयो ।
उहाँले आनदोलनलाई मत्थर पार्न प्रधानन्यायाधिश जबराले वार्ताको नौटंकी गरेकोले बारले वार्तामा नजाने निर्णय गरेको पनि बताउनुभयो ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले मंगलवारसम्म अदालतमा धर्ना दिने कार्यक्रम रहेको जनाउँदै उहाँले राजिनामा नआएसम्म विरोधका कार्यक्रमहरु जारी रहने बताउनुभयो । नेपाल बार एशोसिएशनका अनुसार सोमवार नेपालगञजमा  एक घण्टा धर्ना दिइएको थियो । धर्ना कार्यक्रम शान्तिपुर्ण रहेको पनि एशोसिएशनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *