८ बैशाख २०८१, शनिबार

प्रहरी हवल्दार र जवानहरुलाई अपराध अनुसन्धान तथा नियन्त्रण बिशेष तालीम प्रदान

प्रहरी हवल्दार र जवानहरुलाई अपराध अनुसन्धान तथा नियन्त्रण बिशेष तालीम प्रदान

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ३० । प्रहरी हवल्दार र प्रहरी जवानहरुलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय बाँकेमा सञ्चालन गरिएको अपराध अनुसन्धान तथा नियन्त्रण बिशेष अनुशिक्षण तालीम शुक्रवार सम्पन्न भएको छ ।
विशेष अनुशिक्षण कार्यक्रम घुम्ती प्रशिक्षण अन्तर्गत सो तालिम यही पुस २५ गतेबाट शुरु गरिएको थियो । तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि बाँके प्रहरी प्रवक्ता तथा जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन नयौपाने रहनु भएको थियो ।

उहाँले यस्ता तालिमले अपराध अनुसन्धान र नियन्त्रणमा ठुलो सहयोग गर्ने जनाउँदै तालिममा सिकेका कुराहरुलाई आफ्नो कार्यक्षेत्रमा लागु गर्न तालिम लिएकाहरुसंग आग्रह गर्नुभयो । अहिलेको युगमा हरेक क्षेत्रमा आएको परिवर्तन जस्तै अपराध र गैर कानुनी काम गर्ने तरिकामा पनि परिवर्तन आएकोले सो नियन्त्रणका लागि नयाँ र आधुनिक तरिकाको तालिम आवश्यक रहेको डीएसपी न्यौपानेले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले तालिममा सहभागिहरुलाई प्रमाणपत्र समेत वितरण गर्नु भएको थियो । सो तालिममा प्रहरी हवल्दार ४ जना र प्रहरी जवान ३१ जना गरी जम्मा ३५ जना सहभागि रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका अनुसार उक्त तालिममा ९ जना महिला प्रहरी जवानहर पनि सहभागि हुनुहुन्थ्यो ।
तालिममा सहभागि प्रशिक्षार्थीहरुमध्ये क श्रेणीमा ३० जना र ख श्रेणीमा ५ जना गरी सम्पूर्ण प्रशिक्षार्थीहरुले सफलतापूर्वक तालीम सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *