८ बैशाख २०८१, शनिबार

प्लान नेपालद्धारा बर्दियाका १२५ बाढीपिडित परिवारलाई ६ लाख बढीको गैर खाद्य राहात वितरण

प्लान नेपालद्धारा बर्दियाका १२५ बाढीपिडित परिवारलाई ६ लाख बढीको गैर खाद्य राहात वितरण

समाचारदाता
नेपालगञ्ज, कात्तिक ५ । प्लान इन्टरनेशनल नेपालले बर्दिया जिल्लाका १२५ बाढी पिडित परिवारलाई गैर खाद्य सामाग्री वितरण गरेको छ ।
प्लानका साझेदार संस्थाहरु बाँके युनेस्को क्लब, बि ग्रुप थारु महिला उत्थान केन्द्र, स्याक नेपाल र गेरुवा ग्रामिण जागरण संघको सहकार्य र विपद व्यवस्थापन समिति तथा स्थानीय सरकारको समन्वयमा तिहारको मुखमा आएर सो राहात सामाग्री वितरण गरिएको हो ।
बाढीबाट पिडित भै घरबारबिहीन भएका र समस्यामा परेका बर्दियाको बारबर्दिया नगरपालिकाका ४९ र गुलरिया नगरपालिकाका ७६ परिवार गरेर १२५ परिवारलाई राहात वितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले राहात पाएर अधिकांश बाढीपिडितहरु निकै खुशी भएको जनाउँदै राहातका लागि उनिहरुले सम्बन्धित सबै संघसंस्थाप्रति आभार प्रकट गरेको पनि बताउनुभयो ।

तिहार जस्तो महान चाडपर्वको समयमा बाढीपिडितलाई केही राहात होस र उनिहरुको पनि अनुहारमा खुशी देख्न सकियोस भन्ने उदेश्यका साथ सो राहात उपलब्ध गराईएको प्लान नेपालका क्षेत्रीय निर्देशक मिना पराजुलीले बताउनुभयो ।
बारबर्दियाका वडा नम्बर ६ र ११ का ४९ परिवार तथा गुलरिया ५ का ७६ परिवारका बालबालिका, महिला र जेष्ठ नागरिकलाई चिसोबाट जोगाउन तथा लामखुट्टेबाट समेत जोगाउन ६ लाख २७ हजार बराबरको त्रिपाल, झुल, पि फोम र कम्बल उपलब्ध गराईएको प्लान नेपालले जनाएको छ ।
राहात वितरण कार्यक्रममा बारबर्दिया नगरपालिकाका मेयर छविलाल थारु, उपमेयर रत्ना कुमारी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला, विपद फोकल पर्सन कृष्ण गौतम र गुलरिया नगरपालिका ५ का वडा अध्यक्ष मुम बहादुर मल्ल, आइटी अफिसर अजयसिंह ठकुरी, वडा सदस्यहरु शोभेन्द्र चौधरी र रतन ठकुराठी, प्लान नेपालका क्षेत्रीय निर्देशक मिना पराजुली, कार्यक्रम प्रबन्धक अम्बिका तिमिल्सिना, कार्यक्रम विशेषज्ञ विनय ज्ञवाली, परियोजना अधिकृत सन्तोष पुलामी लगायत विभिन्न साझेदार संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *